डा. केसीलाई अनशन बस्न जुम्लामा अवरोध, जिप्रकाले तोक्यो निषेधित क्षेत्र

जुम्ला १६ असार । चिकित्सा शिक्षा सुधारका लागि भन्दै आफ्नो १५ औँ अनसन गर्न जुम्ला पुगेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवधरोध सिर्जना गरेको छ ।

उनी अनसन बस्ने भनिएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिप्रकाले निशेधित क्षेत्र घोषणा गर्दै अवरोध सिर्जना गरेको हो ।
जिप्रका जुम्लाले शुक्रबार मात्रै प्रतिष्ठान परिषर र त्यस वरपरको २ सय मिटर, जिल्ला प्रशासन परिषरको २ सय मिटर र जिल्ला प्रहरीको २ सय मिटर क्षेत्रलाई कुनै पनि अनसन, आन्दोलन र नाराजुलुस गर्न नपाउने गरी निशेधित क्षेत्र घोषणा गरेको छ ।

प्रशासनको अवरोध पछि डा केसीले हिजोबाट शुरु गर्ने भनिएको अनसन सुरु हुन सकेकौ छैन । हिजो बेलुका जुम्ला सदरमुकाम खलंगा पुगेका उनी अहिले पनि आफ्ना समर्थक संग कसरी कार्यक्रम अघि बढाउने भन्ने बारेमा छलफल गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *