चिकित्सकको विरोध पछि छात्रबृत्ति परिचालन मस्यौदा संसोधन गर्ने तयारी

काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवादमा परेको छात्रबृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ लाई टुंगोमा पुरयाउन चिकित्सा सेवामहाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा विकास देवकोटा, स्वास्थ्य मन्न्त्रालय छात्रबृत्ति शाखा प्रमुख जीवनकुमार मल्ल, कानूनका उपसचिव गंगाबहादुर खरेल सदस्य रहेका छन् । यस्तै शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, स्कलर रेजिडेन्टस सोसाइटी, नेपाल मेडिकल एशोसियसनका, सरकारी चिकित्सक संघका प्रतिनिधि समेत सदस्यको रुपमा राखिएको छ ।
समितिको सदस्य सचिवमा मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदी तोकिएका छन् ।

यसअघि मन्त्रालयले तयार गरेको मस्यौदाप्रति नेशनल रेजिडेन्ट डाक्टर्स एसोशिएसनले कडा विरोध जनाउँदै आन्दोलनको घोषणा गरेको थियो । एसोशिएसनले पछिल्लो चार दिन यता मन्त्रालयमा नियमित रुपमा धर्ना दिदै आएको छ ।

यता सरकारी चिकित्सक संघ र डा गोविन्द केसीले समेत मस्यौदाका कतिपय बुँदाका विषयमा कडा विरोध जनाइसकेका छन् ।
विवाद चर्कँदै गएपछि मन्त्रालयले बुँदाहरुका विषयमा छलफल गरेर अन्तिम टुंगो लगाइ प्रस्ताव पेश गर्न नयाँ समिति गठन गरेको हो ।

एनआरडीएका अध्यक्ष डा सुमित पाण्डेले नयाँ मस्यौदाका कतिपय बुँदाहरु हामी अध्ययन गर्दै गरेका डाक्टरको हीत विपरीत छ । अझ भनौँ डाक्टरलाई स्वदेशमा सेव ागर्ने भन्दा पनि विदेश पलायन हुन बाध्य बनाउने खालको छ । त्यसैले हामी विरोधमा उत्रिएका हौँ ।

उनले नयाँ मस्यौदामा तीन बर्ष अध्ययन पछि पुन ५ बर्ष सरकारसंग सम्झौँता गरी खटाएको ठाँउमा गएर काम गर्नुपर्ने बाध्यकारी व्यवस्था राखिएको भन्दै यसले चिकित्सकलाई पलायनको बाटो रोज्न बाध्य बनाउने तर्क गरे ।

यता सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले पनि एमडी एमएस पछि पाँच बर्ष बोण्ड गर्ने व्यवस्था खारेज हुनुपर्ने तथा पदोन्नतीको व्यवस्थामा समेत असमानता भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । मन्त्रालयले समिति गठन गर्दै गर्दा गोदानले भने आफ्ना छ बुँदे माग समेत अघि सारेको छ ।

पहिलो बैठक भोलि विहान १० बजे
यसैबीच मन्त्रालयले गठन गरेको नयाँ समितिको बैठक भोलि विहान १० बजेका लागि तय गरिएको छ । सो बैठकले यसअघिको समितिले तयार बनाएको मस्यौदाको विषयमा छलफल गर्ने र आवश्यक परेको ठाँउमा संसोधन गर्न सक्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *