अर्थोपपेडिक चिकित्सकलाई ‘प्लस्टर’ का माध्यमबाट उपचार गर्ने विशेष तालिम

काठमाडौं, ११ असार । दुर्गमका जनताको स्वास्थ्य उपचारमा सहजता ल्याउने उदेश्यले अर्थोपेडिक चिकित्सकहरुलाई विशेष तालिम दिइएको छ । अर्थोपेडिक चिकित्सकहरुको अन्तराष्ट्रिय छाता संगठन एलाईन्स फाउण्डेशनले  दुर्घटना वा कुनै कारणबस अंगभङ्ग भएका घाइतेको बिना अप्रेशन ‘प्लस्टर’ का माध्यमबाट उपचार गर्न सक्ने गरी अर्थपेडिक चिकित्सकहरुलाई गरी विशेष तालिम दिइएको हो ।

स्वदेश तथा विदेशका बरिष्ठ अर्थोपेडिक चिकित्सकहरुले शल्य चिकित्सा बारे तालिम दिएका हुन ।

बरिष्ठ अर्थोपेडिक डा. रमेश सिंहले दुर्गमका नागरिक सामान्य उपचार समेत पाउँन नसकेको अवस्थामा यस तालिमले महत्वपुर्ण भूमिका खेलेको बताए । विशेष गरि दुर्गममा गएर सेवा दिएका शल्यचिकित्सकहरुलाई तालिममा सहभागी गराईएको थियो ।

३२ जना चिकित्सक सहभागी तालिममा तत्काल रोकथाम गर्ने प्रविधि र त्यस पछिको प्रक्रियाका बारेमा जानकारी गराइएको सिंहले बताए ।

‘दुर्गममा तत्काल अप्रशेन गर्न सक्ने अवस्था रहदैन उनले भने, त्यसका लागि महत्व पुर्ण उपचार भनेको प्लस्टर हो । त्यसैले प्रार्थमिक उपचारका दृष्टिले पनि यो उपाय अपनाएका हौ ।’ देशका अधिकाशं ठाउँमा तत्काल उपचार सम्भाव छैन । घाईतेहरुलाई तत्काल प्राईमरी उपचार आवश्यक पर्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *