सम्पत्ति बिबरण नबुझाएका स्वास्थ्यका १ हजार ९९० जना कर्मचारीको नाम सार्वजनिक

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका आफ्ना कर्मचारीलाई ५ हजार जरिमाना सहित १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।

सम्पत्ति विबरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरेपछि मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई तत्काल सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।

अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्त कार्यरत १ हजार ९९० जना कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण नबुझाएको पत्र पठाएको थियो । स्वास्थ्यले सो विवरण सार्वजनिक गर्दै तत्काल विवरण बुझाउन भनेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *