नेपाल नर्सिङ संघद्धारा स्वास्थ्य मन्त्रालयमा सांकेतिक प्रदर्शन

फाइल तस्बिर

काठमाडौँ, ८ असार । केही पुराना र केही नयाँ माग अघि सार्दै नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा परिषरमा आज सांकेतिक विरोध प्रदर्शन गरेको छ । संघले आफ्ना मागहरु तत्काल सम्वोधन नभए यसै साताबाट सशक्त आन्दोलनमा उत्रिने जनाएको छ ।

संघका अध्यक्ष तारा पोखरेलले ८० हजार नर्स विषयमा राज्य गैर जिम्मेवार ढंगले प्रस्तुत भएपछि आफूहरु आन्दोलनको घोषणा गर्न बाध्य भएको बताइन । उनले तत्काल माग सम्वोधन नगरिय कडा आन्दोलनमा उत्रने चेतावनी दिइन ।

‘हामीले पहिले देखि नै उठाएका ११ बुँदे माग त छँदैछ । त्यसबाहेक केही नयाँ माग पनि थपिएका छन् । हामीले आफ्ना मागका विषयमा सचिव ज्यूलाई जानकारी गराइसकेका छौँ । अब मन्त्री ज्यूलाई जानकारी गराउँछौँ र माग पुरा गराउन समय सिमा तोक्छौँ,’ अध्यक्ष  पोखरेलले भनिन् ।

उनका अनुसार नयाँ मागमा चीन सरकारले दिएको एमएस्सी नर्सिङ पढ्नका लागि २५ वटा कोटा गायव पारिएको भन्ने छ । यस्तै मन्त्रालयको संगठन संरचना(अर्गानोग्राम) मा पनि नर्सको दरबन्दी नराखिएको भन्ने विषयमा केन्द्रीत छ ।

‘एमएस्सी नर्स अध्ययनका लागि चीन सरकारले उपलव्ध गराएको २५ वटा छात्रबृत्ति कोटा स्वास्थ्य र अर्थका कर्मचारी मिलेर गायव बनाएका छन् । यसलाई तत्काल सार्वजनिक गर्नुपर्छ भन्ने हो । अर्र्को मागमा ८० हजार नर्स रहने मन्त्रालयमा एउटा पनि दरबन्दी सिर्जना नगर्नुले हामीलाई अबमुल्यन गरेको महससु भएको छ,’ पोखरेलले भनिन् ।

उनले यसै सातासम्म आफ्ना माग पुरा नभएको खण्डमा देशभरका नर्सहरुले सेवा बहिस्कार गरेर आन्दोलनमा होमिने समेत चेतावनी दिइन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *