उच्च तामक्रमबाट मुटुका बिरामीमा पर्ने असर र जोगिने उपायहरु

डा. विकास दली,   वरिष्ठ हृदय रोग विशेषज्ञ
  • डा. विकास दली

गृष्म ऋतुको उच्च तापक्रम र असुविधाहरु जुन ऋतुको साथ आउँछ हामी सबैलाई असर गर्छ नै, तर मुटुजन्य रोगका विरामीहरुमा यो अवस्था जीवन र मृत्युको कुरा हुन सक्छ। तसर्थ गर्मी महिनामा मुटुका विरामीहरुले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ ।

गर्मी मौसममा अतिरिक्त व्यायमले तथा शारीरिक गतिविधिहरुले स्वास्थ्य व्यक्तिहरुमा समेत थकान वा लु लाग्न सक्दछ । अझ मुटुजन्य समस्या भएका व्यक्तिहरुका लागि त झन उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बरले बढछ । कहिले काँही अति गर्मीले मुटुका विरामीको ज्यान समेत जान सक्छ ।

तसर्थ अत्यधिक गर्मीबाट जोगिन पर्याप्त मात्रामा तरल पदार्थ पिउने, उचित हलुका कपडा लगाउने र आफ्नो ब्यायमको समय पनि तापक्रम हेरी गरेमा यस उच्च तापक्रमको सकस बाट सुरक्षित रहन सकिनेछ ।

गर्मीले मुटुका विरामीलाई कसरी गर्छ असर ?

हाम्रो शरीर उच्चतम कार्य दक्षताको लागि लगभग ९८.६ डिग्री फरेनहाइटको तापमान बनाई राख्न प्रोग्राम गरिएको छ। यदि शरीर को तापमान १/२ डिग्रीले पनि बढ्छ भने शरीरलाई चिस्याउन, स्वयं तापमान कम गर्न पसिनाको माध्यम या रक्त धमनीहरु फुलाई कम हुने प्रयास सोही प्रोग्रामले कोशिश गर्दछ । पसीनाले शरीरलाई चिस्याउँछ यस्तै फुलेका रक्त धमनीले हृदयको गति बढी बढाउँछ र रक्तचाप घट्दछ।

फल स्वरुप बढेको त्यो हृदयको गति र घटेको रक्तचापले मुटु सम्वन्धी विरामीहरुका लागि समस्या हुन सक्छ । मुटुमा जटिल समस्या देखा पर्न सक्छ ।

उच्च तामक्रमले मुटुलाई कसरी असर गर्छ ?
शरीरलाई आवश्यक समयमा चिस्याउन मुटु अझ कडा र छिटो छिटो धड्किन्छ । जसले बाहिय शरीरको धमनी फुलाई अतिरिक्त शरीरमा थपिएको तामक्रम हटाउन सक्छ ।

शरीरका बाहिय रक्त नालिहरुको सतह बढाई खुल्ला गरि पसिना निष्कासनद्वारा तापक्रम संतुलन गर्दछ । हृदयमा अतिरिक्त गतिविधि र व्यायामले अझ बढी काम गर्न भार थप्दछ छ, विशेष गरी गर्मी मौसममा।

हरेक १ डिग्री शरीरको आन्तरिक तापमान बढदा आफ्नो मुटुको चाल प्रति मिनेट अरु १० पटक धड्कनले बढ्छ ।

त्यसैले जब तपाईंले गर्मीमा व्यायाम अरु अनावस्यक थप्नु हुन्छ – त्यसको प्रतिफलमा तपाईँको हृदयमा अझ बढी थप भार नाटकीय ढंगले बृद्धि हुन्छ ।

हाम्रो शरीरले दुई तरिकाबाट अतिरिक्त तापक्रम न्यून गर्छ जसले मुटुमा दखल दिन दबाब पारेको छ ।

१.  विकिरण – नियमानुसार तातो उर्जा स्वाभाविक रूपले चिसो क्षेत्रमा प्रभाव गर्दछ । जबसम्म तपाईं वरपरको हावा तपाईंको शरीर भन्दा चिसो छ भने, तपाईंको ताप बाह्य हवामा प्रभाव [विकिरण] हुन्छ[फ्याकिन्छ]। तर यो प्रक्रिया  रोकिन्छ जब बाह्य हावाको तापमान शरीरको तापमान संग उस्तै[संतुलन] हुँदा ।

तातो उर्जा विकिरण हुन लाई[प्रभाव] अतिरिक्त रक्तको प्रवाह हुन् अति आवश्यक हुन्छ त्यसैले छालामा बढी रक्त संचार हुछ । जसले गर्दा  हृदयलाई छिटो र धेरै पम्प गर्न अरु दबाब दिन्छ । गर्मीको दिनमा हरेक मिनेटमा ठण्डी समय भन्दा दुई देखि चार गुणा रक्त संचार गर्न थप दबाब पर्दछ ।

२. वास्पिकरण : जब प्रत्येक थोपा पसीना तपाईंको छालाबाट वास्पिन्छ यसले केहि हदसम्म गर्मीलाई हटाउँछ। गर्मी मौसममा १ चम्चा बराबर पसिना वाष्पीकरणले शरीरको सम्पूर्ण रक्तचापलाई लगभग २ फ डिग्री चिस्याउँछ । तर आर्द्रता ८० प्रतिशत वा भन्दा बढि छ भने वायुमा धेरै मात्रा पानीको बाफको कारणले छाला बाट वाष्पीकरण हुन् अति गाह्रो हुन्छ। वास्पिकरणले पनि मुटुको रक्तसंचारमा अझ यसरी दखल तथा दबाब थप्दछ।

शरीरबाट गर्मीमा अति पसिनाको बहाव हुँदा चाहिने अत्याबस्यक खनिज पदार्थहरु, नुन, पोटासीयम, क्याल्सिएम खनिजहरु लाई बाहिर फ्याक्दछ छ जो मुटुका मान्स्पेशिहरु काम गर्न नितान्त जरुरि छ ।

यी हानिहरूको प्रक्रियालाइ रोक्न शरीरले मुटुको चालको धड्कण थप बढाई हार्मोनहरूको मात्र उत्पादन गर्न थाल्छ जसले शरीरलाई खनिज पदार्थहरु, नुन, पोटासीयम, क्याल्सिएम खेर नजान पानीको मात्र सन्तुलित अवस्थामा राखी ।

अन्यथा शरीरमा पानीको कमि र प्रच्युर मात्रमा शरीरको बाह्य भाग छालामा उच रक्त प्रभावको कारणले ब्लडप्रेसर कमि भै चक्कर लाग्ने बेहोस हुने र अरु डर लाग्दो दखल मुटुमा पर्न जान सक्छ ।

हृदयका रोगीहरु द्वारा लिइने औषधिहरु सुन्निने कम गर्ने जस्तै डाइरेटिक्स, अत्यधिक गर्मी मा समस्याहरु को कारण पनि हुन सक्छ। तातो मौसमको समयमा, डाईरेटीक्सले वास्तवमा निर्जलीकरण गर्न सक्छ। तथापि, धेरै पानि नपिउन पनि सचेत गर्नु पर्दछ जस्तै कि गर्मी याममा सर्वसाधारणलाई  सिफारिस गरिएको छ, किनकि यो अतिरिक्त पानी पिउनाले हृदय र हृदय प्रणालीमा थप तनाव थप्न सक्छ। बीटा ब्लकरहरू, जुन उच्च रक्तचाप कम गर्न दिईन्छ, गर्मीको समयमा आवश्यक क्रममा जुन रुपले हृदयको गति बढ्नु पर्ने हो शरीरलाई चिसो पार्न यसैले गति कम गर्छ अत शरीरको चिस्याउने कार्य सीमित पार्दछ।

हृदयघात भएका, धमनीको वाईपास र भल्वका अप्रेशन गरेका व्यक्तिले कस्ता सावधानी अपनाउने ?
डाइरेटिक्स[Lasix] का साथसाथै मुटु सुन्नेका र हार्ट फेलर भएका हृदय रोगीहरु लाई अक्सर कम मात्रमा पानी र तरल पदार्थहरु पिउन अक्सर सल्लाह दिइन्छ नै । यस्ता रोगीहरु लाई उच्च तापमान र गर्मि बाट बच्न को लागी बाहिर हिंडडुल कम गर्न को लागि सल्लाह दिनु नितान्त जरुरि छ । ताकी अत्याधिक पसिनाको बहावले हाम्रो भित्रि शरीरको तरल संतुलनलाइ दखल पुर्याउन सक्छ जसले जोखिम समस्याहरु जस्तै चक्कर लाग्ने थकानको अति महसुस बेहोस हुने आदि जस्ता समस्याहरु निम्त्याउन छ ।

यसमा कोरोनरी स्टेंट लगाएका र मुटुका भल्व प्रत्यारोपण गरि सकेकाहरुले अत्यन्तै सावधान हुन अति आवश्यक छ।किनकी गर्मीमा कठोर व्यायामको कारण अत्यधिक पसीना आइ रगतको तरलतामा बाक्लोपन बढी भै जम्ने प्रकृया जस्ता जटिलतालाई बढाउन सक्छ।जसले गर्दा खुलाई सकेका धमनीहहरु तथा भल्वमा फेरी रगत जम्ने जोखिम उच्च हुन्छ

तसर्थ हलुका व्यायाम गर्ने खुल्ला स्थानमा जस्तै वातानुकूलित जिम,चौर वा बिहान वा साँझमा व्यायाम गर्नुहोस र पानीको मात्रा उचित ढंगले पिउनहोस् ताकी शरीरको हाइड्रेशन नबिग्रियोस ।

मधुमेह हृदय रोग संग सम्बन्ध भएको रोग हो, तसर्थ मधुमेह रोगिहरुका लागि विशेष सुझावहरु: 
यदि तपाइँ मधुमेह रोग बाट ग्रसित छ र रक्त ग्लूकोज नियन्त्रणमा छैन भने शरीरमा पानीको मात्र कमि भै डीहैड्रेसन्ले ग्रसित पनि हुन सक्छ। जब रक्त ग्लूकोज नियन्त्रणमा छैन भने, यसले शरीरको मात्र पानी मूत्रको रुपमा उल्लेखनीय वृद्धि गर्न सक्छ।

अत: डीहैड्रेसन कम गर्न पानीको मात्र जस्तै चिसो चिया, कागती पानी, चिनी रहित पेय पदार्थ र धेरै कैफीन मुक्त तरल पदार्थ पिउनुहोस। अल्कोहोल सकेसम्म सेवन नगर्ने तर गर्नुनै छ भने आफ्नो सेवन सीमित गर्नुहोस् एक पेगमा ६०एम एल ।

कसरी थाह पाउने खतराका लक्षणहरु ?
गर्मी सम्बन्धी विरामीको लक्षणहरू र के गर्न सकिन्छ भनेर ज्ञान थाह पाएमा आफ्नो जीवन बचाउन मद्दत गर्न सक्छ। सामान्य परिस्थितिहरूमा, तपाईंको छाला, रगतका धमनीहरू र पसिनाको बहाव शरीरले आफै गर्मीमा समायोजन गर्दछ।

तर यदि तपाईं उच्च तापमानमा लामो समयसम्म उजागर हुनुहुन्छ, भारी पसिनाको बहाव छ र तपाईले पर्याप्त तरल पदार्थ पिउनुहुन्न भने यी प्राकृतिक शीतलन प्रणालीहरू असफल हुन सक्छ । परिणाम स्वोरुप गर्मी संग सम्बन्धित जोखिमहरु हुन सक्छ।

जोखिमहरु :
उच्च तापक्रमले माँस्पेशी बटारिने र बाउँडीने, जसमा मुख्येतया खुट्टाका पिदौला, हात तथा पेटका मांग्स्पेशीहरु प्रभावित भै अति दुख्ने र कडा हुन् सक्छ,  तर यस्तो अवस्थामा तपाईंको शरीर का तापमान सामान्य पनी हुन सक्छ।

उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको भित्रिय तापक्रम बढ्न गइ ४० डिग्री माथि पनि पुग्न सक्छ र तपाईंलाइ अत्याधिक पसिना आइ वाकवाक लाग्ने, उल्टी आउने, टाउको दुखने, मांग्स्पेशीहरु बाउदिने, बेहोशी पनाको अनुभव, र कमजोरी तथा शरीर चिसो भएको अनुभव गर्न थाल छ। यदि बेलैमा यसको उपचार गरेंन भने, लु लाग्न सक्छ।

लु लाग्ने : – यो एक खतरनाक आकस्मिक जीवन मरणको अवस्था हो जब तपाईंको शरीरको तापमान ४० डी सेंत्रिग्रेड भन्दा बढी माथि हुन्छ। तपाईंको छाला तातो हुन सक्छ, तर तपाईंको शरीरले आफुलाई चिसाउन् सक्दैन किनकी पसिना आउने पुरै रोक्न सक्छ।

अत भ्रम र सकस हुने सुरु हुन्छ। यस बाहेक मांग्स्पेशी बौंदिने, वान्टाहुने,धेरै गल्ने,अति टाउको दुख्ने र चक्कर लाग्ने तथा भ्रम दृष्टि हुने लक्षणहरु सुरु हुन थाल्दछ्र यदि समयमै आपातकालीन उपचार प्रदान गरिएन भने मस्तिष्कलाइ क्षति पुग्न गै अंगहरु स्थाइरुप्ले काम नगर्ने वा मृत्यु पनि हुन् सक्दछ ।

यदि यी माथि उल्लेखित लक्षणहरूको महसुस वा संकेतहरु देखा पर्न थाल्यो भने, तुरुन्त आफ्नो शरीरको तापमान कम गर्नुपर्छ र प्रसस्त मात्रमा पानी पिउनु पर्दछ। तुरुन्तै व्यायाम रोक्नुहोस् र गर्मीबाट जोगिन चिसो ठाउमा जानुहोस्। तपाईंको अवस्थाको निगरानी गर्न मद्दत गर्न यदि सम्भव भएमा, कसैलाइ तपाईंको साथ राख्नुस वा सहयोग माग्नुस। अतिरिक्त कपडा वा लुगाहरू हटाउनुहोस् र प्रसस्त पानी वा तरल पदार्थ पिउनुस। यदि सम्भव छ भने, शरीरलाई हम्काउनुस चिसो पार्न वा शरीरलाई पानीले भिज्याई तापमान सरिरको कम गर्न तुरुन्त थाल्नुस। यदि आफुलाई लगभग २०/३० मिनेट भित्र सन्चो तथा आरामको महसुस गर्नुहुन्नरभएन भने, तत्काल चिकित्सा मद्दत खोज्नुहोस् र अस्पतालमा सम्पर्क गर्नुहोस् ।

गर्मी मौसोममा हृदय रोगीहरूको लागि उच्च तापक्रमको असर बाट कसरी बचाउन सकिन्छ ?

  • रफ्तार कम गर्ने – अति बल लगाउने तथा गरौं कार्यकिलापका गतिविधिहरू कम गरिनुपर्दछ, बन्दै गर्ने वा दिनको सबैभन्दा ठण्डी समयमा क्रमबद्ध गर्ने। जोखिममा पर्ने समुहका हृदय रोगीहरूका व्यक्ति सबै भन्दा उत्तम उपाय चिसो स्थान रोज्नु पर्दछ, घर भित्रै बस्नु आवश्यक पर्दैन। व्यायामको लागि उत्तम समय बिहानको १० बजे अगावै र ६ बजे बेलुका पछी हो।
  • दिउसोको सुर्यको किरण बाट बच्नुहोस्। बिहान वा साँझमा व्यायाम गर्नुहोस्, जब यस समय बाहिर न धेरै चिसो न धेरै गर्मि हुने सम्भव छ। यदि सम्भव छ भने, छायादार क्षेत्रमा व्यायाम गर्नुहोस् वा स्विमिंग पूलमा हल्का कसरत गर्नुहोस्।
  • बाह्य तापमानको ख्याल गर्नु होस्। मौसम पूर्व अनुमान र अलर्टहरूमा ध्यान दिनुहोस्। तपाईंको अनुमानित बाह्य गतिविधि समय अवधिको लागि तापमान कस्तो पूर्व अनुमान सुचना दिइयको छ भन्ने जान्नुहोस्।
  • बानी गर्नुहोस- यदि तपाईं घरमा वा भित्र बन्द हलमा मात्र व्यायाम गर्ने बानी छ भने बिस्तारै कम समय लिई बाहिर आफ्नो हल्का व्यायाम गर्न्र तपाईंले गर्मीमा व्यायाम गर्दा पहिले यसलाई सजिलो बनाउनुहोस्। तपाईंको शरीर एक देखि दुई हप्ताको अन्तमा गर्मीमा बानी पर्छ र बिस्तारै आफ्नो व्यायामको समय को लम्बाई र तीव्रता बढाउनुहोस्।
  • तपाईंको फिटनेस तह जान्नुहोस्। यदि तपाईं अयोग्य वा व्यायाम गर्न नयाँ हुनुहुन्छ भने, गर्मीमा व्यायाम गर्दा अतिरिक्त सावधान अपनाउनु होस। तपाईंको शरीर गर्मीको लागी कम सहनशीलता हुन सक्छ। अत आफ्नो व्यायाम तीव्रता कम गर्नुहोस् र लगातार आराम लिनुहोस
  • गर्मीको लागि लुगा छान्नुहोस९ हल्का हल्का रंगीन कपडाहरू जसले सूर्यको किरण र गर्मीलाई प्रतिबिम्बित र फाल्ने गर्दछ र शरीरलाई चाह्हिने सामान्य तापमानको संरक्षण गर्न मद्दत गर्दछ।
  • तपाईंको खानामा चिल्लोपना र कर्बोहैद्रट्स कम गर्नु होस। धेरै उर्जा दिने प्रोटिन युक्त खानाहरुले भित्रिय शरीरको तापक्रम बढाई पानीको मात्र फ्याकी क्षति बढाउँछ।
  • अल्कोहल पेय पदार्थ नलिनुहोस ब्यायाम गर्दा
  • चिकित्सक द्वारा निर्धारित वा सल्लाह नदिय सम्म नुन को मात्र नबढाउनु होस। नुनको मात्र प्रतिबन्धित खानामा हृदय रोगिहरूले नुन को सेवन बढाउनु अघि आफ्नो चिकित्सक संग परामर्श गर्नु पर्छ।
  • वायु वातानुकूलित ठाउँहरूमा थप समय बस्ने गर्नुहोस् ९ घरमा एयर कंडीशनिंग वा र अन्य ठण्डी ठाउँहरूले गर्मीबाट हुने जोखिम र खतरा घटाउँदछ। यदि एयर कंडीशनर छैन भने केही समय हरेक दिन वायु वातानुकूलित वातावरणमा बस्ने गर्नुहोस् जसले केही हद सुरक्षा प्रदान गर्दछ।
  • धेरै सूर्यको किरण रापमा नबस्नुस – रापले शरीरको तापमानलाई संतुलन बनाउनरगर्न अझ धेरै गाह्रो बनाउँछ।
  • दिउसोको १२ बजे देखि लगभग ४ बजे सम्ममा सकेसम्म सुर्यको किरणको राप बाट बच्न धेरै गरौ कामहरु, ब्यायाम्हारू तथा घाम मा नबस्ने्र यस समयमा सुर्यको किरणको राप अधिकतम जोखिम पूर्ण छ
  • धेरै पानी वा अन्य नन-अल्कोहल पेय तरल पदार्थ पिउनुहोस। शरीरलाई ठण्ड पार्न पानी को मात्र नितान्त जरुरी पर्छ। हृदयका बिरामीहरु जसलाई तरल पदार्थहरु अधिकतम लिन बाट प्रतिबंधित छन वा सुन्निने समस्या छ तरल पदार्थ को खपत बढाउनु अघि चिकित्सकको परामर्श लिनु पर्छ।
  • दिनमा पानीको मात्र कति पिउने – आफ्नो वोजन लिनुस र तेसलाइ ०.०३३ले गुन्नुस  (उदाहरणको लागि तपाईँको तौल ६० के जी छ भने अन्दाजी २ लिटर दिनको हुन आउँछ यसमा बाह्य तापमान तथा हावाको आद्रताको पनि ख्याल राख्नु जरुरि छ, +/- ( ५००-१००० एम एल) तलमाथि हुन सक्दछ

माथि उल्लेखित केही आधारभूत सावधानीहरू अपनाएको खण्डमारलिएमा हृदयका बिरामीहरुले हल्का व्यायाम गर्दा हुने जोखिमहरू न्यून हुने र गर्मीमा व्यायाम गर्न बाट बन्चित पनि हुँदैन।

# सिनियर कन्सलटेन्ट डा दली त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको कार्डियोलोजी विभागमा क्लिनिकल एसोसियट प्रोफेसरको रुपमा कार्यरत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *