म्याग्दी : मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

 

म्याग्दी, ७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताइन् ।

म्याग्दीको मालीका गाउँपालिका– ६ दरबाङमा आज समाजकल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री थापाले अप्ठ्यारोमा परेका दुर्गम, विकट क्षेत्रका गरीब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशुलाई हेलिकप्टरबाट उद्धार गरेर तत्कालै अस्पताल पु¥याउन एयर एम्बुलेन्स सञ्चालनको तयारी गरेको जानकारी दिइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि मन्त्रालयले रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको मन्त्री थापाले जानकारी दिइन्।

एकदिने शिविरमा बालरोग विशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग विशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत कृष्ण कँडेल र तीलक गौतमले सेवा दिनुहुने जनाइएको छ ।

शुक्रबार अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र शनिबार बेनी अस्पतालमा पहिचान हुने शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारको व्यवस्था मिलाइने कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिए ।

मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *