वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन


काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

पित्तथैलीकाे क्यान्सरबाट ट पीडित डा. देवकोटाको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।

गत मंसिरमा क्यान्सर रोग भएको थाहा भएपछी डा. देवकोटालाई परिवारले उपचारका लागि बेलायत लगेका थिए । त्यहाँ साढे पाँच महिना लामाे उपचार गर्दा समेत निकाे नभए पछि उनलाई नेपाल ल्याइएकाे थियाे ।
करिब दुई महिना देखि न्यूराे अस्पताल उपचाररत डा. देवकोटालाई परिवारले अघिल्लाे साता मात्रै जन्म थलाे गाेरखा पुर्‍याएका थिए ।
परिवारका अनुसार देवकोटाकाे शव भाेलि विहान ८ देखि दिउसाे १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पतालमा राख्ने र त्यस पश्चात् पशुपति आर्यघाट स्थित विधुतीय शव दाह गृहमा लगेर अन्तिम सस्कार गरिने बताईएको छ ।
हेर्नुहोस् अस्पतालको बिज्ञप्ति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *