निदान हस्पिटलमा नि:शुल्क बाथ रोग शिविर सम्पन्न

ललितपुर, ३ असार ।  पुल्चोक स्थित निदान हस्पिटलले शनिबार बाथ रोग शिविरको आयोजना गरेको छ । शिविरमा परीक्षण गराउने मध्ये ३९ प्रतिशतमा बाथरोगको समस्या देखिएको छ।

शिविरमा १ सय २० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । ती मध्ये ४७ जनामा बाथरोगको समस्या भेटिएको हो ।

अधिकांशमा भने हड्डी खिइने (मेरुदण्ड,घुडाको) समस्या देखिएको बाथ रोग बिशेषज्ञ डा अन्जल विष्टले जानकारी दिए । स्वास्थ्य जाँचपछि रोगको प्रकृति अनुसार बिरामीहरुलाई आवश्यक सबै परामर्श दिइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *