यी हुन् स्वस्थ शरीरका लागि अत्यावश्यक १० तत्व (स्रोतहरु सहित)

१. पानी : शरीरमा ७० प्रतिशत पानी हुन्छ ।पानीले शरीरको जैविक प्रक्रिया सन्तुलित बनाउन मुख्य भूमिका खेल्छ । हामीले खाएका खानामा हुने तत्वहरु देखि लिएर स्वासप्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै भागमा पुरयाउने कान पानीले गर्छ । शरीरबाट अनावश्यक चिजहरु बाहिर फाल्न पनि पानीले सहयोग गर्छ । हरेकदिन पानी कति पिउने भन्ने कुरा व्यक्ति पिच्छे फरक हुन्छ । यद्धपी प्रतिदिन कम्तीमा ८ गिलास पानी पिउन सकिन्छ ।

२. प्रोटिन : शरीरको तौलको २० प्रतिशत तौल प्रोटिनको हुन्छ । शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ । प्रोटिन विना कुनै पनि अंग मांसपेशी, हाड केही नै हुने थिएन । सिधा भन्नु पर्दा प्रोटिन विना मानव शरीर नै बन्ने थिएन । १९ देखि ७० बर्ष उमेर समूहको महिलालाई प्रतिदिन करीब ४५ ग्राम प्रोटिन चाहिन्छ । भने सोही उमेरसमूहको पुरुषलाई ५५ ग्राम प्रोटिन आवश्यक पर्छ । माछा, मासु, गेडा गुडी , इत्यादीमा प्रोटिन पाइन्छ ।

३. कार्वोहाइट्रेड :  कार्वोहाइट्रेडले शरीरलाई चाहिने शक्ति प्रदान गर्छ । शरीरलाई चाहिने कार्वोहाइट्रेड स्टार्च र सुगर गरी दुई रुपमा पाइन्छ । हरेक दिन हामीले खाने खानामा ४५ देखि ७५ प्रतिशतसम्म कार्वोहाइट्रेड हुन जरुरी हुन्छ ।

४. फाइबर : मानवशरीरले फाइबर पचाउँन सक्दैन । तैपनि शरीरको खाना पोषण सञ्चार गर्न फाइबरको ठूलो भूमिका हुन्छ । त्यसैगरी पाचन प्रक्रिया र पाचन नली स्वस्थ बनाउन फाइबर जरुरी हुन्छ । प्रतिदिन २० देखि ३५ ग्राम फाइबर शरीरलाई चाहिन्छ । गेडागुडी, फलफुल र सागसब्जीहरुमा फाइबर पाइन्छ ।

५. चिल्लो पदार्थ : शरीरमा भिटामिन ए डी इ र के सोसन र रोग प्रतिरोधात्मक शक्ति बढाउन र घाउ छिटो निको पार्न शरीरमा चिल्लो पदार्थ चाहिन्छ । प्रतिदिन शरीरलाई चाहिने क्यालोरीको ३० प्रतिशतसम्म चिल्लो पदार्थ सेवन गर्न सकिन्छ । स्वस्थ माछा तथा भेजिटेवल आयल चिल्लो पदार्थको स्रोत हो ।

६. भिटामिन डी र क्याल्सियम : भिटामिन डी र क्याल्सियम हाड मजबुत बनाउन साथमै काम गर्छन् । हाडको आकार बलियो बनाउन क्याल्सियम चाहिन्छ भने क्याल्सियसलाई सोस्न र सञ्चार गर्न भिटामिन डी चाहिन्छ । एक स्वस्थ शरीरलाई हरेक दिन १ हजार मिलीग्राम क्यास्लियम र ६ सय आइयु भिटामिन डी चाहिन्छ ।

७. भिटामिन सी : भिटामिन सी एन्टी अक्सिडेन्ट हो । अक्सिजनको उपस्थितिमा इन्जाइमलाई खराब हुनबाट भिटामिन सीले बचाउँछ । चोटपटक ठीक गर्न र रोगबाट बचाउन भिटामिन सी चाहिन्छ । प्रतिदिन हरेक स्वस्थ पुरुषलाई ९० मिलिग्राम र महिलालाई ७५ मिलिग्राम भिटामिन सी चाहिन्छ । सुन्तला, ब्रोकाउली, स्ट्रोबेरी, कागती आदि यसको स्रोत हुन् ।

८. फोलिक एसिड : शरीरको कोषहरु बन्ने र बचाउँने प्रक्रियामा फोलिक एसिडको मुख्य भूमिका हुन्छ । डीएनए र आरएनए सन्तुलित बनाउन फोलिक एसिड चाहिन्छ । फोलिक एसिड सन्तुलित रुपमा सेवन गर्ने व्यक्तिमा क्यान्सर र बाँझोपनको डर कम हुन्छ । हरेक दिन ४ सय माइक्रोग्राम फोलिक एसिड सेवन गर्नु राम्रो मानिन्छ ।फोलिक एसिड साग गेडागुडी, अण्डा आदिमा पाइन्छ ।

९. आइरन : अक्सिजन कोषहरुमा पुरयाउन आइरन चाहिन्छ । शरीरका केही इन्जाइम बनाउन पनि आइरन चाहिन्छ । रगत र कोष स्वस्थ राख्न पनि आइरन जरुरी हुन्छ । प्रतिदिन ८ मिलीग्राम आइरन सेवन गर्नुपर्छ । आइरन गेडागुडी सागपात, बदाम, ओखर आदिमा पाइन्छ ।

१० जिंङ्क : शरीरको धेरैजसो इन्जाइम र प्रोटिन जिंकले बनेको हुन्छ । मस्तिस्कको सिजारिसस प्रक्रियामा जिंकको मुख्य भूमिका हुन्छ । हाम्रो शरीरलाई दैनिक ११ मिलीग्राम जिंक चाहिन्छ । रातो मासु, गेडागुडी अन्न आदिमा जिंक पाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *