चितवन : क्यान्सरपीडित बालिकाको उपचारका लागि सहयोगको याचना

चितवन, २८ जेठ । सानै उमेरमा रक्त (ब्लड) क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी ८ वर्षीया बालिका शिरिषा लामिछानेलाई ब्लड क्यान्सर भएपछि आार्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन् । उनको चितवनस्थित भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत तीन हप्तादेखि उपचार भइरहेको छ ।

उनकी ठूलीआमा सीता लामिछानेले पैसा नभएकाले उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग गर्न सबैमा आग्रह गरिन् । बालिकाको उपचारका लागि हालसम्म रु चार लाख खर्च भइसकेको भन्दै उनले अझै रु २०–२५ लाख खर्च हुने चिकित्सकको भनाइ उद्धृत गर्दै जानकारी दिइन् ।

शिरिषाको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत शिरिषा लामिछाने बचाउ अभियान शुरु गरिएको छ । उक्त अभियानबाट हालसम्म रु ५० हजार संकलन भइसकेको छ । शिरिषाको उपचारका लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको शिरिषा लामिछानेको खाता नं ००८०७३५३५६००१९ मा आर्थिक सहयोग गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।

उनकी आमाले छाडेर अन्तै गएकाले आफूलाई आर्थिक जोहो गर्न थप समस्या भएको बुबा नारायण लामिछानेको भनाइ छ । नारायण वैदेशिक रोजगारीमा गएका बेला उनको रेखदेख ठूलीआमा सीताले गर्र्दै आएकी थिइन्। “श्रीमती गएपछि छोरीको मुख हेरेर बसिरहेको थिएँ”, पीडा पोख्दै नारायणले भने, “छोरीलाई पनि ब्लड क्यान्सर भयो, मेरो अनुरोध छ छोरीलाई बचाई दिनुप¥यो ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *