औषधि वितरण र अस्पतालको सेवालाई व्यवस्थित गर्नु अहिलेको प्राथमिकता

काठमाडौँ, २८ जेठ ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले औषधि वितरण र अस्पतालको सेवालाई व्यवस्थित गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

उनले चुस्त स्वास्थ्य सेवाका लागि औषधिको उपलव्धता र अस्पतालको सेवा चुस्त हुन जरुरी रहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताएका हुन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको टोलीसंग कुरा गर्दै मन्त्री यादवले स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो भन्दै त्यसमा राज्यले गरेका र गर्नुपर्ने प्रतिवद्धताहरुलाई कार्यान्वनय गर्ने दिशामा मन्त्रालय अघि बढेको बताए ।

उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सञ्चारकर्मीहरुको ठूलो महत्व रहने भन्दै स्वस्थ समाज निर्माणका लागि हातेमालो गर्ने बताए । उनले स्वास्थ्य जन चेतनाका लागि मन्त्रालय सञ्चारमाध्यमसंग सहकार्य गर्न तयार रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारहरुले स्वास्थ्य क्षेत्रमा पुरयाएको सहयोगको बारेमा चर्चा गरेकी थिइन ।

टोलीमा कार्य समितिका ११ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *