विराटनगर : स्वास्थ्य संस्थामा प्रसूति गराउनेलाई रु एक हजार

विराटनगर, २७ जेठ । मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई रु एक हजार दिने भएको छ ।

गाँउपालिकाले मातृ तथा बाल मृत्युुदर घटाउन तथा पोषण खर्चबापत रु पाँच सय र नेपाल सरकारले उपलव्ध गराएको पाँचसय गरी जम्मा रु एक हजार दिने भएको छ ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई नेपाल सरकारले रु पाँच सय दिँदै आएको छ । आमा सुुरक्षा कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थामा यो सेवा उपलव्ध छ ।

मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सो गाउँपालिकामा तराई समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

सो गाउँपालिका क्षेत्रमा शिक्षाको कमी तथा रुढीवादी तथा परम्परागत प्रथाका कारणले महिलाले घरमा सुत्केरी गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा हुने गरेको छ ।

मोरङको दक्षिणी सीमा क्षेत्र रहेको उक्त स्थानमा महिलामा स्वास्थ्य सम्बन्धी शिक्षाको कमी रहेको छ ।

सुुरक्षित प्रसूतिसेवा बारे महिलालाई प्रोत्साहन गर्न र प्रसूति सेवा स्वास्थ्य संस्थामै गराएमा आमा र बच्चाको जीवन सुरक्षित गराउने उद्देश्यले सुत्केरी महिलालाई केही राहतका लागि रकम उपलब्ध गराएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए ।

उनले रकम सानो भए पनि सुत्केरी आमा र बच्चाका लागि केही सहयोग पुुग्ने बताए । सो गाउँपालिकाले सुत्केरी गराउने कार्यका लागि कर्सिया स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ ।

धनपालथान–४, कर्सिया बजारमा रहेको सो स्वास्थ्य चौकीमा सेवा सञ्चालनमा आएपछि सामान्य सुत्केरी गराउनका लागि महिलालाई विराटनगर जानुुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कर्सियामा रहेको उक्त स्वास्थ्य केन्द्रलाई चाँडै विस्तार गरिने अध्यक्ष सिंहले बताए । कर्सिया स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउन गाउँपालिका सक्रिय भएर लागेको उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *