रातोपुल क्षेत्रका स्थानीयलाई प्रोस्टेट समस्याबारे प्रशिक्षण

काठमाडौँ, २७ जेठ । रातोपुल क्षेत्रका स्थानीयबासीलाई प्रोस्टेट, पिसाव र मिर्गौला सम्वन्धि समस्याका बारेमा प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रातोपुल र प्रोस्टेट फाउन्डेशन नेपालको सहकार्यमा शनिबार त्यस क्षेत्रका स्थानीयवासीलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणका लागि लाइफ इन्टरनेशनल क्लिनिक मध्यबानेश्वरबाट कन्सलट्यान्ट युरोलोजिष्ट डा दीपक रौनियारको टोली खटिएको थियो । सो अवसरमा डा रौनियारले प्रोस्टेट, पिसाव र मिर्गौला सम्वन्धी समस्या देखिन सक्ने कारण र समाधानका उपायका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागि सर्वसाधारणहरुले डा रौनियारसंग आफ्ना समस्याहरु राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *