बाजुरा : दुर्गममा स्वास्थ्य चौकी निर्माण

बाजुरा, २७ जेठ । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ ।

विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीयवासी गोरख बोहराले बताए। स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा रु २० लाख ५८ हजार गाउँपालिकाले सहयोग रहेको थियो भने स्थानीयवासीको पाँच लाख जनश्रमदान गरी रु २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिए ।

भवन निर्माणसँगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टाँै हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयवासीलाई वडामा सेवा सञ्चालन हँुदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *