अनुसन्धानका नाममा शेर्पाको रगत विदेश लान प्रतिस्पर्धा

काठमाडौँ, २७ जेठ । नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।

शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ ।

ती संघसंस्थाले शेर्पाको होलब्लड नै आफ्नो देश पु(याउने क्रम बढाएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले कडाइ गरेको छ ।

यसकारण रोक्न थालियो विमानस्थलमा

विमानस्थलस्थित अध्यागमन विभाग र प्रहरीलाई समेत पत्राचार गरी रगत लान रोक लगाएको परिषद्ले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत विमानस्थल प्रशासनलाई पत्राचार गरेको छ ।

अनुसन्धान गर्ने भन्दै होलब्लड नै बाहिर लाने क्रम बढेपछि अहिले रोक लगाइएको परिषद्का अध्यक्ष अञ्जनीकुमार झाले बताए ।

एउटा प्रयोजनका लागि भनेर लाने रगत अन्य प्रयोजन तथा अनुसन्धानमा प्रयोग हुन सक्ने भएकाले रोक लगाइएको हो ।

‘एउटा विषयमा अनुसन्धान गर्छु भनेर रगत लाने र अर्कै विषयमा पनि अनुसन्धान गर्न सक्ने खतरा भएकाले रगत लैजान रोक लगाएका हौँ,’ झाले भने, ‘नेपालमा अनुमति नै नलिएको विषयमा समेत त्यहाँ रगत लगेर अनुसन्धान गर्ने, अनि नेपालीमा यस्तो भेटियो भनेर प्रतिवेदन सार्वजनिक गरिदिने जोखिम भएकाले सचेत भएका हौँ ।’

  • आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *