डा. देवकोटाको स्वास्थ्य अवस्था : भेन्टिलेटर हटाइयो, अस्पताल परिसरमै घुमाइयो

काठमाडौँ, २६ जेठ । गम्भीर अवस्थामा उपचाररत बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यको बारेमा गएराती देखि चलेको अफवाहले परिवार दुखित भएको छ ।

उसले अस्पतालको आधिकारिक जानकारी बाहेकको अन्य सूचनामा विश्वास नगर्न समेत मिडिया तथा आम सर्वसाधारणलाई आग्रह गरेको छ । अस्पतालले केहीबेर अघि प्रकाशित गरेको विज्ञप्तीमा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको र सघन उपचार चलिरहेको उल्लेख छ ।

यता  डा. देवकोटाकी श्रीमती डा. मधु दीक्षित देवकोटाले नेपाली हेल्थसंग कुरा गर्दै स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको बताइन । उनले गएराती देखि डा. देवकोटालाई लगाइएको भेन्टिलेटर हटाइएको र आज विहान केही वेर अस्पतालको पार्कमा घुमाइएको समेत जानकारी दिइन ।

‘स्वास्थ्य अवस्था जटिल नै छ । तर हिजो राती जुन अफवाह फैलियो यसमा हामी धेरै दुखि छौँ । हामीलाई पीडा माथि झन् पिडा थपिएको छ । यस्तो सम्वेदनशिल कुरामा किन यति हल्का रुपमा लिइयो ?’  भावुक मुद्रामा डा. मधुले भनिन् ।

स्वास्थ्यमा गम्भीर समस्याको आशंका भएपछि करीब ७ महिना अघि थप परीक्षणका लागि वेलायत गएका थिए । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका हुन् ।

यस्तो छ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको फिटनेश रहस्य

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *