न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर

काठमाडौँ, २६ जेठ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था अत्यन्त जटिल बन्दै गएको छ ।

पाँच दिन देखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका डा देवकोटाको अवस्था शुक्रबार दिउसोबाट थप जटिल बन्दै गएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

अवस्था जटिल बन्दै जाँदा शुक्रबार रातीबाट नै देवकोटाको स्वास्थ्यलाई लिएर विभिन्न हल्ला फैलिएको थियो । तर सो हल्लामा कुनै सत्यता नरहेको अस्पताल स्रोतले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *