संघीय संरचनामा स्वास्थ्य संस्थाको यसरी हुने भयो भागवण्डा

काठमाडौँ, २५ जेठ । मुलुक संघीय संरचनामा अघि बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका आफ्ना स्वास्थ्य संस्थाको दायित्व संघ, प्रदेश र स्थानीय तहमा रहने गरी प्रस्ताव अघि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको नयाँ प्रस्तावमा केही संस्था संघमा, केही स्थानीय र केही प्रदेश सरकारको दायित्व हुने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालय संघीयता कार्यान्वनय इकाई प्रमुख मोहम्मद दाउदले केन्द्रीय अस्पताल, प्रतिष्ठान, संस्थानहरु देशका जुनसुकै भागमा रहेपनि त्यो केन्द्र सरकारको दायित्व भित्र पने गरी प्रस्ताव गएको बताए ।

यस्तै क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल र सदरमुकाममै रहेका जिल्ला अस्पतालहरुको दायित्व प्रदेश सरकारको भागमा रहने भनिएको छ । त्यस्तै उनले जिल्ला सदरमुकाम बाहिर रहेका जिल्लाका अरु अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुको दायित्व त्यहि ठाँउका स्थानीय सरकारको जिम्मामा रहने व्यवस्था मिलाएको जानकारी दिए ।

यसैगरी स्वास्थ्यले पहिले हरेक प्रदेशमा एउटा स्वास्थ्य मन्त्रालय, एउटा स्वास्थ्य निर्देशनालय र ७७ जिल्लालाई हेर्ने गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालयको व्यवस्था प्रस्ताव गरेको छ ।

इकाई प्रमुख दाउदका अनुसार स्वास्थ्यले स्थानीय तहमा स्वास्थ्य सेवाका कर्मचारी अपुग भएकोले १ हजार ४३४ जना थप दरबन्दी सिर्जना गर्न सामान्य प्रशासन मन्त्रालय समक्ष प्रस्ताव पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “संघीय संरचनामा स्वास्थ्य संस्थाको यसरी हुने भयो भागवण्डा

  1. PHC हरु पनि स्थानीय मा राखनु हुदैन ,कर्मचारी को हौसला झनै घटिरहेको छ स्थानीय ले गर्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *