धादिङको बागेश्वरी माविका १२ जना विद्यार्थीको उपचार कान्ति अस्पतालमा

काठमाडौँ, २५ जेठ । कक्षामा शिक्षकले पढाउँदा पढाउँदै विरामी परेका धादिङ बैरेनीस्थित बागेश्वरी माविका १२ जना विद्यार्थीको उपचार कान्ति बाल अस्पतालमा भएको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनीहरुलाई मास हिस्टेरिया भएको हो । यसअघि नजिककैको स्वास्थ्यचौकीमा म्याद नाघेका औषधि जलाउँदा आएको गन्धले उनीहरु विरामी भएको बताइएको थियो । शिक्षक तथा कतिपय अभिभावकले स्वास्थ्यचौकीको लापरबाही भएको आरोप समेत लगाएका थिए ।

विहीबार (हिजो) विहान करीब सवा १० बजे शिक्षकले पढाउँदा पढाउँदै कक्षामा बाहिरबाट धुवा छिरेपछि विद्यार्थीहरुले अश्वभाविक गतिविधी देखाएका थिए ।

कक्षा ८, ९ र १० का छात्राहरुमा श्वास फेर्न गाह्रो हुने, रुने कराउने र बेहोस हुने जस्ता समस्या देखा परेपछि संगै औषधिको साइड इफेक्ट भएको बताइएको थियो । तर कान्ति अस्पतालका निर्देशक डा गणेश राईले छात्राहरुमा मास हिस्टेरियाको समस्या भएको बताए ।

‘खासमा ८, ९ र १० का गरी ४७ जना छात्राहरुमा यो समस्या देखिएको रहेछ । ती मध्ये अलि बढी सिरियस देखिएका १२ जनालार्ई यहाँ ल्याइएको हो । अरु ३५ जनालाई बैरेनीमा रहेको नेपाली सेनाको मेडिकल डक्टरले उपचार गरेछन्,’ डा राईले भने ।

हिजो अपरान्ह करीब साढे ५ बजे कान्तिमा ल्याइएका ती छात्राहरुलाई छुट्टा छुट्टै वार्डमा राखेर उपचार शुरु गरिएको थियो । आज भने सबैलाई संगै राखिएको छ ।

आज उनीहरुलाई मास काउन्सिलिग गर्ने र सम्भव भए आजै डिस्चार्ज गर्ने डा राईले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *