दमक : एड्भान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

दमक, २४ जेठ । यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ ।

हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि गुरुङ अस्पतालको जनरल शय्यामा उपचाररत छन् । गुरुङलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

गुरुङको शल्यक्रिया हाडजोर्नी रोग तथा नशा रोग विशेषज्ञ अनुप पोखरेलसहितको चिकित्सक टोलीले गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले हालैमात्र हाडजोर्नी, नशारोगसम्बन्धीको समेत विशेषज्ञ सेवा उपलब्ध गराएपछि जटिल किसिमका जटिल शल्यक्रिया शुरु गरिएको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । भारतको एपोलो अस्पतालबाट विशेषज्ञता हासिल गरी डा पोखरेल हालैमात्र दमकको एड्भान्स अस्पतालमा आबद्धता भएका थिए ।

विसं २०७१मा स्थापित सो अस्पतालले हाडजोर्नीअघि अन्य चिरफारसम्बन्धी शल्यक्रिया गरिआएको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *