स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवलाई बधाई दिँदै गोदानले बुझायो १९ बुँदे माग

काठमाडौँ, २३ जेठ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथिको सुरक्षाका लागि ऐन परिमार्जन गरी गैर जमानती हिरासत सम्वन्धी व्यवस्था तयार गरी तत्काल लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नियम कमजोर भएकै कारण अहिलेसम्म विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण भएको गोदानको निस्कर्ष छ ।

आज दिउसो उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसंग भेट गर्न मन्त्रालय पुगेको गोदान पदाधिकारीहरुले चिकित्सकहरुको सुरक्षाका लागि जेल वीथ आउट वेल सम्वन्धी व्यवस्था तत्काल मिलाउन माग गरेका थिए ।

गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डेले मन्त्रीलाई बधाईसंगै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामा देखिएको सुरक्षा सम्वन्धी समस्या, पेशागत हकहित तथा आम सरोकारका गरी १९ बुदे ज्ञापन पत्र बुझाएको बताए ।

१९ बुँदे ज्ञापन पत्रमा स्वास्थ्य सेवाग्राही सम्वन्धी समस्या ६ वटा, सेवाप्रदायक चिकित्सक सम्वन्धी ९ वटा र प्रतिष्ठान शिक्षण अस्पतला सम्वन्धी ४ वटा माग राखिएको छ ।

हेरौँ गोदानले उठाएका १९ बुँदे मागहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *