जापानको जन्मदरमा थप कमी आउँदा सन् २०१७ जनसङ्ख्यामा उल्लेख्य कमी

 जापान, १८ जेठ । जापानमा सन् २०१७ मा जन्मिएका शिशुको सङ्ख्यामा उल्लेख्य कमी आएको शुक्रबार सार्वजनिक भएको यहाँको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नवजात शिशुको जन्मदरमा थप गिरावट आएको र यो गत वर्षको नौ लाख ४६ हजार ६० बाट पनि तल झरेको बताइएको छ ।

अघिल्लो बर्ष जन्ममा आएको ३० हजार ९१८ को कमीका कारणले सन् २०१७ मा जापानमा जनसङ्ख्या ३ लाख ९४ हजार ३७३ ले घटेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार भन्दा माथि छ । मृत्यु हुनेको यति ठूलो संख्या दोस्रो विश्वयुद्धपश्चातको १३ लाख ४० हजार ४३३ पछिको सबैभन्दा धेरै भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

जापानको जम्मा प्रजनन् दरमा ०.०१ बाट गत वर्ष १.४३ मा झरेको बताइएको छ । यो तथ्याङ्क जापानी महिलाले आफ्नो जीवनकालमा औषतमा जन्माउनसक्ने शिशुको आधारमा तय भएको हो ।

जापानी प्रशासकीय प्रान्तअनुसार हेर्दा सवैभन्दा बढी प्रजनन् दर ओकिनावामा १.९४ रहेको छ भने सवैभन्दा कम जापानको राजधानी टाकियोमा रहेको पाइएको छ ।

जापान सरकारले आर्थिक वर्ष २०२५ ९सन्० मा प्रजनन् दरलाई १.८ पु¥याउने बताएको छ । जापानको जनसङ्ख्यालाई सन्तुलनमा राख्न प्रजनन् दरलाई २.०७ पु¥याउनुपर्छ ।

जापानमा महिलाहरूको बच्चा जन्माउन उमेर र विवाह दरमा अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा १३ हजार ६६८ सङ्ख्याले घटेको छ । यो सङ्ख्या विश्वयुद्धपूर्व छ लाख छ हजार ८६३ रहेको थियो ।

जापानको जनसङ्ख्यासम्बन्धि समस्यामाथि प्रकाश पार्दै तथ्याङ्कमा भनिएको छ, जापानमा बालबालिकाको सङ्ख्यामा एक वर्ष पहिले डेढ करोढ रहेकोमा गत वर्ष एक लाख ७० ले कमी आएको थियो ।

तथ्याङ्क विभागको तथ्याङ्क अनुसार १४ वर्ष र यसमूनिका बालबालिकाको सङ्ख्यामा निरन्तर ३७ औँ वर्ष पनि गिरावट देखिएको छ ।

जापानमा जनसङ्ख्याको रेकर्ड राख्न सन् १९५० पछि शुरु गरिएको थियो वर्तमान प्रधानमन्त्री सिन्जो आबेद्वारा राष्ट्रको निम्न जन्मदरलाई बढाउने कार्यक्रमका बाबजुद गत वर्ष पनि नवजात शिशुको जन्मदरमा अपेक्षाभन्दा कमी नै देखिएको छ ।

आबेले राष्ट्रको जन्मदरलाई प्रोत्साहन गर्न दिवासेवा सुविधा तथा निम्न आय भएका नागरिकलाई राज्यद्वारा प्रोत्साहन भत्ता उपलब्ध गराइने घोषणासमेत गरेका थिए ।

यद्यपि नतिजाले अझैपनि गुणात्मक रूपमा भिन्नता ल्याउन काम गर्नुपर्ने देखाएको छ । विभागका अनुसार बालबालिकाको जनसङ्ख्यामा गत वर्ष नयाँ किर्तिमानी रूपमा १२.३ प्रतिशतले कमी आएको र बालबालिकाको जनसङ्ख्यामा कमी देखिएको यो निरन्तर ४४ औँ वर्ष हो ।

जापानको समग्र जनसङ्ख्याको तुलनामा बालबालिकाको जनसङ्ख्या दर विश्वका चार करोड र यसभन्दा बढी जनसङ्ख्या भएका मुलुकमाभन्दा निकै कमी देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

दुई वर्षमूनिका शिशुहरूको सङ्ख्या सन् २०१७ मा जम्मा २९ लाख ३० हजार रहेको मन्त्रालयको तथ्याङ्कमा छ ।
सन् २०१७ मा जापानको जनसङ्ख्यामा निरन्तर सातौँ वर्ष पनि गिरावट आई जम्मा एक अरब २६ लाख ७० हजार पुगेको छ जसको २७.७ प्रतिशत ६४ वर्ष र यसभन्दा माथिका नागरिकको रहेको सरकारी तथ्याङ्क छ ।

जापानका जनसङ्ख्याबारे विज्ञहरूले भने यदि यही रूपमा जनसङ्ख्यामा गिरावट आएमा आगामी सन् २०५० सम्ममा जापानमा अहिलेको जनसङ्ख्यामा २३ प्रतिशतले कमी आउने छ । यो अवस्था यो शताब्दीको अन्त्यसम्म पनि कायम रहने देखिएको बताइएको छ । ९रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *