श्रीलङ्कामा भाइरल फ्लूका कारण १४ बालबालिकाको मृत्यु

श्रीलङ्का, १८ जेठ । श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन् ।

चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन् ।

दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार श्रीलङ्कामा अहिलेसम्म भाइरल ज्वरोका कारण १४ जनाको मृत्यु भएकोमा कारापातियामा १३ र एक जनाको राजधानी कोलम्बोमा मृत्यु भएको छ ।

मृतक सबै दुई वर्षभित्रका बालबालिका रहेका बताउँदै उनीहरूमा बिरामी बालबच्चाहरूमा उच्च ज्वरो, रूघा, खोकी तथा टाउको दुख्ने समस्या रहेको पाइएको सेनानायकेले बताउए । उनीहरूमा पछिल्लो अवस्थामा श्वासप्रश्वास र निमोनियाका समस्या पाइएको उनले बताए ।

कारापातिया अस्पतालमा अहिले ४९ जना भाइरलजन्य समस्याका बिरामीको उपचार भइरहेको बताइएको छ ।

यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार नै स्वास्थ्य अधिकारीलाई तत्काल भाइरल नियन्त्रणका लागि उपाय अवलम्बन गर्न निर्देशन दिइसके बताए ।

स्वास्थ्य अधिकारीले यसपहिले भाइरल फ्लू एडिनो भाइरस तथा इन्फ्लूयन्जाका कारण फैलिएको बताएका थिए ।रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *