फ्रान्स : एक वर्षमा १० लाख व्यक्तिले छाडे धूमपान

बीबीसी । एक सर्भेक्षणका अनुसार फ्रान्समा धूमपान गर्नेहरुको संख्यामा भारी मात्रामा कमी आएको छ । यहाँ २०१६ देखि २०१७ को बीचमा १० लाख भन्दा बढी व्यक्तिले धुमपान गर्न छाडेका छन् ।

सर्भे गर्ने संस्था पव्लिक हेल्थ फ्रान्सका अनुसार विगत एक दशमा यस्तो गिरावट कहिल्यै देखिएको थिएन । त्यति मात्रै होइन कम आय भएका व्यक्ति तथा युवा वर्गमा समेत धूमपानको प्रयोगमा कमि आएको पाइएको छ ।

सर्भेका अनुसार फ्रान्स सरकारले भर्खरै मात्र धूमपान विरोधी अभियान शुरु गरेको थियो । सरकारको यहि अभियानका कारण प्रयोगदरमा कमी आउनसक्ने अनुमान गरिएको छ ।

हालैका बर्षहरुमा फ्रान्समा सूर्तिको उत्पादनमा न्युट्रल प्याकेजिङ्ग, सूर्तिका सट्टा अरु विकल्पको प्रयोग गर्नेहरुलाई पुरस्कृत गर्ने, चुरोटको मूल्य बढाउन तथा राष्ट्रिय सूर्तिजन्य पदार्थ मुक्त अभियानको आयोजना गरिदै आएको छ ।

यो सर्भेका अनुसार २०१७ मा १८ बर्ष देखि ७५ बर्षसम्मका व्यक्तिहरुमध्ये २६.९प्रतिशतले नियमित रुपमा धूपपान गर्दथे । यसभन्दा अघि यो दर २९.४ प्रतिशत थियो । यो अवधीको दौरानमा धूमपान गर्ने वालाको संख्या १ करोड ३२ लाख बाट घटेर १ करोड २२ लाखमा झरेको छ ।

फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले आर्थिक अवस्था कम भएका व्यक्तिहरुले धूमपान छोडनुलाई विशेष रुपमा हेरेको भन्दै स्वागत गरेकी छन् । उनी भन्छिन्, ‘सूर्तिजन्य पदार्थ व्यक्तिहरुलाई असमानता तर्फ धलेल्न सक्छ । कम आय भएका व्यक्तिहरुको जीवनस्तर अझ अफ्टेरोमा पारिदिन्छ ।’

पछिल्लो बर्ष गरिएको एक अध्ययले दशकौँ अघिसम्म सूर्तिजन्य पदार्थमा रोक लगाउने नीति बनाएपनि जनसंख्यामा भएको बृद्धिको साथ साथमा धूमपान गर्नेहरुको संख्यामा पनि बृद्धि हुने देखाएको थियो ।

द लान्सेट मेडिकल जर्नलका अनुसार विश्वभर हरेक १० मध्ये एकजना मृत्युको कारण धूमपान रहेको छ । सो जर्नलले धूमपानबाट हुने कुल मृत्युमध्ये आधा चीन, भारत, अमेरिकार रुस गरी चार देशमा हुने बताएको छ ।

त्यसो त विज्ञहरु धूमपानले पछिल्लो समयमा धनी देशभन्दा मध्यम आए भएका देशहरुमा बढी असर पारेको बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानको लत छुटाउन सूर्तिजन्य पदार्थको प्याकेटमा छापिएका चेतावनीमुलक चित्रको अहंम भूमिका हुन्छ ।

डव्लुएचओ भन्छ, ‘संसारभर करीब ७८ देश अर्थात लगभग आधा देशमा चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश राख्ने कार्य गरेका छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *