गर्भपतनमा रोकको अन्त्य गर्ने पक्षमा आयरल्याण्डबासीको मतदान

आएरल्याण्ड, १३ जेठ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ ।

बहुमत जनताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका सङ्केत शुरुवाती नतिजाले देखाएको हो ।

आएरल्याण्डका ४० निर्वाचन क्षेत्रमध्ये पश्चिमी एक निर्वाचन क्षेत्रमा ६३ प्रतिशत मतदाताले मतदानमा भाग लिएका थिए जहाँ मतदानको ६० प्रतिशत नतिजा गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने पक्षमा देखिएको छ ।

गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ’इतिहास रच्न लागेको’ बताएका छन् ।

शुक्रवारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो ।

संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ ।
द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका बताइएको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *