‘क्लिन एण्ड कलरफूल’ वीर अस्पताल : हेर्नुहोस १० तस्बिर

काठमाडौँ, १२ जेठ । वीर अस्पताल सरसफाई अभियान शुरु भएको आज २० दिन पुग्यो । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गत २३ बैशाखमा वीरमा पुगेर अभियानको शुभारम्भ गरेकी थिइन ।

त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतिनाथ मन्दिर लगायतका विभिन्न महत्वपूर्ण सार्वजनिक स्थलको सरसफाई गरी गरि चर्चामा रहेको खेम्स क्लिनिङ, धुर्मुस सुन्तली फाउन्डेशन र वीर अस्पतालको संयुक्त प्रयासमा अस्पताल चम्काउने अभियान शुरु भएको हो ।

त्यतिवेला १५ दिन वीर अस्पताल र १५ दिन राष्ट्रिय ट्रमा सेन्टरको सरसफाई गर्ने भनिएको थियो । वीर अस्पतालको भवन पुरानो भएको र रङ रोगन नगरी सफा नदेखिने भन्दै धुर्मुसले अस्पतालका भित्तामा समेत कलर गर्न सुरु गरे ।

उनको आफ्नै प्रयासमा अहिले अस्पतालका भित्ता सिलिङहरुमा रंगरोगन गरिएको मात्रै छैन, भित्तामा आर्कषक चित्र समेत भरिएको छ ।

यसले वीर अस्पतालको वाहिरी आवरण निक्कै आकर्षक देखिएको छ । अर्थात ‘क्लिन एण्ड कलरफुल’ वीर अस्पताल ।

हेरौँ केही तस्विरहरु :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *