कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास


किन्सासा, ११ जेठ । अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको समाचरमा जनाइएको छ ।

कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नियन्त्रणका पहल प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरेको थियो ।

कंगोमा देखिएको यस सङ्क्रमणमा परी करिब ३० जनाले ज्यान गुमाएका थिए ।

परीक्षणको लागि चार हजार इबोलाको खोप त्यहाँ पु¥याइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार यहाँका अधिकारीले गरेका कार्यका कारण यसको प्रभाव राम्रो देखिएको छ ।

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको थियो ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप त्यहाँ पु¥याइएको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीको भनाइ रहेको छ ।

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो । यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *