बिरामीको उपचार गर्दा गर्दै ज्यान गुमाएकी नर्स, जसको अन्तिम चिठी भयो ‘भाइरल’

भारत । जीवनको अन्तिम घडीमा को चाहि व्यक्ति आफ्नो परिवारसंग बस्न चाँहदैन होला ? तर भारत केरलाकी एक नर्सले यस्तो सोचलाई गलत सावित गरिदिएकी छन् ।

जीवनको अन्तिम अवस्थामा पुग्दैछु भन्ने थाह पाएर पनि उनले आफूलाई सबैभन्दा माया गर्ने पति र छोराछोरीलाई धेरै टाढा राखिन र प्राण त्याग गरिन ।

उनी हुन् ३१ बर्षीया लिनी पुथुसेरी । पेशाले उनी अस्पतालकी नर्स हुन् । अस्पतालमा निपा भाइरसबाट संक्रमित विरामीको सेवामा खटिदा उनी आफै सो भाइरसको सक्रमणमा परिन र ज्यान गुमाएकी हुन् ।

आफू जीवनको अन्तिम क्षणमा पुग्दैछु भन्ने थाह पाएपछि न उनले आफ्ना पतिसंग भेट गर्ने इच्छा गरिन, न त उनले आफ्ना नावालक दुई छोराहरुलाई खोजिन् । बरु उनले अन्तिम समयमा आफ्ना पतिका नाममा एक भावुक पत्र लेखिन र  भनिन् अलविदा  …..!

लिनीप्रति समवेदना जनाउन पुगेका केरलाका पर्यटन मन्त्रीले उनले पतिका नाममा लेखेको मर्मस्पर्शी चिठी देखे । उनले सो चिठी सामाजिक सञ्जाल फेसबुकमा राखेर सेयर गरिदिएका थिए । यस पछि यो चिठी सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको थियो । अहिले सामाजिक सञ्जालमा लिनीको सेवाभावको मुक्त कन्ठले प्रशंसा गरिन थालेको छ ।

लिनीले आफ्नो पतिलाई लेखेको चिठीमा भनेकी छन्, ………..’मलाई लाग्दैन कि अब म तपाईँलाई देख्न पाउँछु भनेर, बच्चाहरुको राम्ररी हेरबिचार गर्नुहोला । बरु उनीहरुलाई पनि तपाईँले आफूले काम गर्ने देश (बहराइन) लैजानुहोला । उनीहरुलाई एक्लै छाड्नु हुँदैन । जुनी भरीको माया हजुरलाई ……!’

लिनी कोझीकोडमा रहेको पेरम्बरा अस्पतालकी नर्स हुन् । अस्पतालमा निपा भाइरसको उपचार गर्न आएका विरामीलाई हेर्ने चिकित्सकीय टोलीमा उनी पनि सदस्य थिइन । विरामीको उपचारमा खटिँदा खटिदै उनमा निपा भाइरसको संक्रमण भएको हुनसक्ने बताइन्छ ।

जव उनलाई थाह भयो कि अब आफू बाँच्दिन भन्ने तब उनले एक कडा निर्णय लिइन । उनले आफ्नो पति र दुई जना ससाना बच्चाहरुलाई आफूभन्दा टाढा राखिन र अन्तिम सम्म पनि भेटघाट गरिनन् ।

यहाँसम्मकी लिनीको अन्तेष्ठीमा पनि उनका परिवार सहभागी हुन सकेनन् । उनका पति सजिस भने बहराइनमा काम गर्छन । उनले आफ्नो पति वा छोराछोरीलाई अस्पतालमा बोलाउँदा उनीहरुमा समेत संक्रमण सर्न सक्ने डरले टाढा भएको अनुमान गरिएको छ ।

लिनीका चिठी सार्वजनिक भए लगत्तै केरलका मुख्यमन्त्री पिनाराई बिजयनले भने नर्स लिनीका निस्वार्थ सेवा सधैभरी यादगार हुनेछ ।

निपा भाइरसको खतरा बढ्दै

केरल राज्यमा निपा भाइरसका खतरा दिन प्रतिदिन बढदै गएको छ । अहिलेसम्म १२ जना यो भाइरसको संक्रमणमा परेको र ति मध्ये १० जनाको ज्यान गइसकेको बताइएको छ । केही दिन अघि मात्रै कोझीकोड जिल्लामा यो रोगबाट एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *