वैदेशिक रोगजारीमा ठगी गर्ने स्वास्थ्य संस्थाका सञ्चालकहरु पक्राउ

काठमाडौँ, ८ जेठ । बैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारहरुबाट अनाधिकृत रुपमा विभिन्न सिन्डिकेट खडा गरी स्वास्थ्य परीक्षणका नाममा रकम असुल्ने विभिन्न ६५ वटा स्वास्थ्य संस्थाका ७६ जना सञ्चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर र काठमाडौँमा गरेको अप्रेसनमा स्वास्थ्य परीक्षणका नाममा अनाधिकृत रुपमा रकम उठाउने मेडिकल सञ्चालक पक्राउ परेका हुन् ।

गत आइतबार नियन्त्रणमा परेका मेडिकल सञ्चालकहरुलाई प्रहरीले सोमबार अदालतबाट म्याद थप गरी ठगी मुुद्धामा अनुसन्धान अघि बढाएको जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले सरकारको सहमति र स्वीकृति नलिइकन विभिन्न नाममा सिन्डिकेट खडा गरी मेडिकल सञ्चालकहरुले स्वास्थ्य परीक्षण र मिग्राम, ओएससी, इमिग्रेसन सेकुरिटी क्लियरेन्स तथा भिसा प्रोसेसिङ समेतको नाममा शुल्क उठाएर ठगी गरेको भन्ने सूचनाका आधारमा अप्रेशन सुरु गरी उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको बताए ।

पछिल्लो पटक श्रम मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जानेहरुसंग गरिने व्यवहारलाई नजिकबाट निहालिरहेको भन्दै ठगी गर्ने संस्था र तिनका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *