डा यादव विरुद्ध मुद्दा दायर

काठमाडौँ, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले बिगो असुल गरी चार महिना कैद सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *