मेडिसिटी अस्पतालले एनआरएन परिवारलाई उपचारमा सहुलियत दिने

काठमाडौँ, ४ बैशाख । गैरआवासीय नेपाली (एनआरएन) र उनीहरुका परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार सहुलियत पाउने भएका छन् ।

विहीबार नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको उपस्थितिमा दुवै संस्थाका कार्यकारी अधिकृतहरु नेपाल मेडिसिटीका सुधाकर जयराम र गैरआवासीय नेपाली संघका डा. हेमन्तकुमार दवाडीले एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा महतोले स्वस्थ्य नागरिक बनाउन आफूले नेपाल मेडिसिटी अस्पताल स्थापना गरेको बताउँदै बिरामी भएपछि मात्रै नभई स्वस्थ्य नागरिक पनि वर्षमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्नुपर्ने बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपालीहरुलाई उपचारमा थप सहजता प्रदान गर्न आफूहरुले मेडिकल सुविधा सहितको हेलिकप्टर सेवा आफूहरुले शुरु गर्न लागेको र त्यसका लागि पनि नेपाल मेडिसिटीसंग सहकार्य गर्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारीले संसारभर छरिएर रहेका नेपाली र उनीहरुको परिवारका सदस्यहरुले आफ्नो उपचारकालागि नेपालमै उत्कृष्ट गन्तब्यप्राप्त गरेको बताइन् ।

कार्यक्रममा नेपाल मेडिसिटीका कार्यकारी अधिकृत सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पताल स्थापना गर्नुको उद्देश्य तथा हाल सम्मका यसका उपलब्धीका बारेमा चर्चा गरे ।

नेपाल मेडिसिटी अस्पताल प्रति दिनानुदिन नेपालीहरुको विश्वास बढ्दै गएको र उपचारका लागि विदेश जाने योजना बनाएकाहरु पनि एकपटक मेडिसिटीमै स्वास्थ्य परीक्षण गर्न आउने गरेको अस्पताल महाप्रबन्धक विजय रिमालले बताए ।

एनआरएन र उनीहरुको परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचारमा छुट सहित सुविधायुक्त उपचार सेवा प्राप्त गर्नेछन् । यसका लागि एनआरएनको परिचयपत्र देखाउनु पर्ने र परिवारका सदस्यहरुको हकमा नाता खुल्ने कागजात पेश गर्दा हुने सम्झौता उल्लेख गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *