जनकपुरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको शाखा अस्पताल खुल्दै

काठमाडौँ, ३ जेठ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनकपुरमा आफ्नो शाखा अस्पताल सञ्चालनमा ल्याउने भएको छ । यसअघि गंगालालले भेरी अञ्चल अस्पताललाई मुटुरोग उपचारमा सहयोग शुरु गरिसकेको छ । भेरी अञ्चल अस्पतालमा गत सोमबारबाट क्याथ ल्याव सेवा सञ्चालनमा आएको छ ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा जोतिन्द्र शर्माले जनकपुर अञ्चल अस्पतालमा सहयोग गर्ने नभई अस्पताल परिसरमा केन्द्रको शाखा अस्पताल खोल्न लागिएको प्रष्ट पारे ।

‘नेपालगञ्जमा हामीले केही प्राविधिक सहयोग गरेका हौँ । तर जनकपुरमा भने हाम्रै शाखा अस्पताल खुल्छ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र शाखा अस्पताल जनकपुर भनेर,’ निर्देशक डा. शर्माले भने ।

उनले सो कार्यका लागि प्रक्रिया अघि बढीसकेको अबको चार पाँच महिना भित्र शाखा (ब्रान्च)अस्पतालबाट मुटुरोगको ओपिडी सेवा सुरु हुने बताए । ‘हामीले खास त यहि आर्थिक बर्ष भित्र ओपिडी सेवा प्रारम्भ गर्ने भनेका थियौँ । तर बजेट तथा कार्यक्रममा केही प्रक्रियागत अप्ठेराले दुई तीन महिना ढिलाई हुने भयो । त्यसैले अबको चार पाँच महिनामा ओपिडी सेवा सुरु गरिहाल्छौँ,’ उनले भने ।

मुटुरोग उपचारमा कहलिएको गंगालालले आफ्ना सेवा विकेन्द्रीकरण गर्ने उद्धेश्य अनुरुपमा भविस्यमा आफ्ना सेवाहरु विभिन्न माध्यमबाट सातै प्रदेशमा पुरयाउने लक्ष्य लिएको समेत निर्देशक डा. शर्माले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *