उद्योग मन्त्री मातृका यादव नर्भिक अस्पताल भर्ना

काठमाडौँ, २ जेठ । पुरानो समस्या बल्झिएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव अस्पताल भर्ना भएका छन् । उनी मंगलबार थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

अत्यधिक रुपमा टाँउको दुख्ने र जीउ दुख्ने मन्त्री यादवको पुरानो समस्या हो ।

‘पछिल्लो केही दिन देखि सो समस्या अलि बढेको महसुस भएपछि आज फलोअपका लागि अस्पताल पुग्नु भएको थियो । सोही क्रममा चिकित्सकहरुले केही दिन यहि रहेर उपचार तथा आराम गर्नुपर्ने भन्ने सुझाव आयो । त्यसपछि भर्ना हुनु भएको हो,’ मन्त्री यादवका स्वकीय सचिव सन्तोस विष्टले बताए ।

नर्भिकमा मन्त्री यादवको उपचार हाडजोर्नी र न्युरो सम्वन्धी चिकित्सकहरुको टोली गरिरहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *