राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकमा झलक शर्मा

काठमाडौँ, १ जेठ ।  राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेबारी झलक शर्मा पौडेलले पाएका छन् । उमेरहदका कारण श्रीकृष्ण भट्टले गत चैतमा अवकास पाएपछि रिक्त रहेको तालिम केन्द्रमा ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रहेका पौडेललाई ल्याइएको हो । पौडेलले सोमबार देखि नै कार्यभार सम्हालेका छन् ।

यस्तै मन्त्रालयले डा झलक गौतमलाई स्वास्थ्य सेवा विभागमा सरुवा गरेको छ । गत साता देखि उनी विभाग अन्तरगर्तको बाल स्वास्थ्य महाशाखामा हाजिर हुन थालेका छन् ।

उता झण्डै डेढ बर्ष अघि मन्त्रालयबाट सरुवा भई जिल्ला मालपोत कार्यालय ईलाम पुगेका उपसचिव लिलाराज पौडेल पनि मन्त्रालयमा फर्किएका छन् । उनलाई राज्य मन्त्री अर्यालको सचिवालयमा रहेर काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *