आधारभूत स्वास्थ्य भनेको के हो ? परिभाषित गर्दैछ स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १ जेठ । सरकारले आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गर्ने तयारी थालेको छ । संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरेपछि यसलाई परिभाषित गर्न थालेको हो । संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य मौलिक हकको रुपमा उल्लेख छ ।

स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले संविधानले आधारभूत स्वास्थ्य मौलिक हकको रुपमा स्थापित गरेपनि त्यसको ठोस प्रारुप नहुँदा कार्यान्वनयमा समस्या परेपछि परिभासित गर्न खोजेको बताए । उनले आधारभूत स्वास्थ्य भनेको के हो ? कतिवटा स्वास्थ्य समस्या यसमा समेटिन्छन् भन्ने कुरा स्पष्ठ पार्न खोजिएको बताए ।

‘संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । तर आधारभूत स्वास्थ्य के हो भन्ने स्पष्ट छैन । त्यसलाई स्पष्ट पार्न अर्थात आधारभूत स्वास्थ्यमा के के सुविधा हुन्छ भन्ने खुलाउनका लागि यो काम सुरु गरेका हौँ ,’  निर्देशक डोटेलले भने ।

आधारभूत स्वास्थ्यले ११० खालका स्वास्थ्य समस्या समेटदै
पुर्नजागरणका निर्देशक डोटेलले आधारभूत स्वास्थ्यको परिभाषा गर्ने काम अन्तिम चरणमा पुगेको बताए । उनले तत्कालका लागि ११० वटा स्वास्थ्य समस्यालाई आधारभूत स्वास्थ्यको परिभासामा समेटेको बताए । त्यसमा खोप सेवा देखि सुत्केरीका बेला गर्नुपर्नसक्ने सिजेरियन सेक्सन सम्मका सेवासम्म प्रस्ताव गरिएको छ ।

उनले आधारभूत सेवा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र देखि अस्पतालहरु सम्मबाट निशुल्क गर्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *