प्रधानमन्त्रीद्वारा प्रदेश नं ३ का सदस्य लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

भक्तपुर, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा(एमाले)का तर्फबाट विजयी हुनुभएको थियो । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *