जापानी प्रविधिको नयाँ भवन यसरी बन्दै छ वीर अस्पतालमा


काठमाडौँ, ३१ बैशाख । भूकम्पले चर्काएको वीर अस्पतालको पुरानो आइसियू भवन भएको स्थानमा तीन तले अत्याधुनिक नयाँ भवन ठडिदैछ । जापानी सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ भवन ठडिन लागेको हो ।

बीर अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले आउँदो फेव्रुअरी महिना सम्ममा जाइकाले उक्त भवन निर्माण सम्पन्न गरी आफूहरुलाई हस्तान्तरण गरिसक्ने बताए । कुल ९४ बेड रहने उक्त भवनमा मुटु, मिर्गौला तथा पेट रोग सम्वन्धी विभागहरु रहने बताए ।

‘ग्यास्टोइन्टोलोजी, इन्डोस्कोपी, नेफ्रोलोजी वार्ड, २५ बेडको हेमोडाइलासिस युनिट, सीसीयु, क्याथ ल्याव तथा कार्डियोलोजी समेत त्यतै रहन्छ ,’ निर्देशक डा. बस्तेतले भने । उनले भवन बनाईसकेपछि ती भवनमा रहने विभागका लागि चाहिने अपुग बेड तथा उपकरणहरु समेत जाइकाले उपलव्ध गराउने बताए ।

जाइकाले विसं २०७३ जेठबाट शुरु गरी १४ महिना भित्र निर्माण सम्पन्न गर्ने प्रस्ताव अघि सारेपनि प्रक्रियागत ढिलाईले निर्माणकार्यको मिति पछि सारिएको थियो । तर अहिले भने कामले निकै तिव्रता पाएको छ ।

अहिले भवनको अन्डरग्राउण्ड कन्सटक्सन पहिलो भुइतलामा काम भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *