वैदेशिक रोजगारीमा जानेलाई शारीरिक संगै मानसिक स्वास्थ्य परीक्षण गरिनुपर्छ

- नेपाली हेल्थ
– प्राडा सरोजप्रसाद ओझा, मानसिक रोग विशेषज्ञ
  • प्राडा सरोज ओझा

विश्व स्वास्थ्य संगठनले स्वास्थय भनेको शारीरिक, मानसिक र सामाजिक रुपमा स्वास्थ्य रहनु हो भन्छ । तर नेपालमा भने अहिलेसम्म स्वास्थ्य भनेको शारीरिक मात्रै हो भन्ने बुझाई छ ।

अरु त अरु सरकारले समेत त्यहि बुझाई राखेको छ । त्यहि कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्दा शारीरिक मात्रै गरे पुग्ने व्यवस्था गरेको छ । जुन व्यवस्थाले लाखौ खर्चेर रोजगारीका लागि विदेश पुगेका कतिपय युवाहरुलाई उल्टै हानी पु¥याएको छ । विशेषगरी शारीरिक परीक्षणमा ठिक भई रोजगारीमा गएका व्यक्तिहरुको मानसिक स्वास्थ्य परीक्षण नगरेकै कारण दिनहु ‘मेडिकल फेल’का नाममा युवाहरु फर्किन बाध्य भएका छन् ।

वैदेशिक रोजगारबाटै धानिएको नेपाली अर्थतन्त्र जोगाउन नेपाली युवाहरुको भूमिका अहं छ तर तिनै युवाहरुको मानसिक स्वास्थ परीक्षण गरिदैन । जसबाट तिनै युवा र तीनका परिवारले अनाहकको दुख खेप्न बाध्य छन् । शारीरिक परीक्षण मात्रै गरिदा बैदेशिक रोजगारीमा जानेहरुलाई ठूलो धोका भएको छ ।

विश्वस्वास्थ्य संगठनले संसारका विकसित मुलुकमा पनि कुल जनसंख्याको २० देखी २५ प्रतिशत जनतालाई कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यमा समस्या हुन्छ भनेर प्रतिवेदन सार्वजनिक गरेको बर्षौ भइसक्यो । संगठनले विकसित मुलुकको तुलनामा विकासोन्मुख मुलुकमा त्यो संख्या केही बढन सक्ने जनाएको छ । संगठनको कुरालाई मान्ने हो भने पौने तीन करोड जनसंख्याको २५ प्रतिशत अर्थात ६० लाख भन्दा बढी नेपालीहरुमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको छ । त्यो समस्या देश भित्रै बस्ने संगै बाहिर जानेहरुमा पनि पर्छ ।

शारीरिक परीक्षणमा ठिक देखिएका व्यक्तिको मानसिक स्वास्थ्य बेठिक हुनपनि सक्छ । त्यसैले शारीरिक संगै मानसिक स्वास्थ्य जाच गराउन पर्छ भनिएको हो ।

नेपालको अर्थतनत्र धान्ने यी ‘माइग्रेन्ँट वर्कर’हरुको शारीरिक संगै मानसिक स्वास्थ्य परीक्षण गर्ने हो भने व्यक्तिसंगै राष्ट्रलाई नै फाइदा हुन्छ । अनाहकमा अस्वस्थ भन्दै कामबाट फर्कन पर्दैन ।

कामका लागि भन्दै हजारौ लाखौ खर्च गरेर दुबई , कतार , साउदी अरव तथा मलेसिया पुग्ने नेपालीहरु त्यहा“ पुग्नासाथ मानसिक समस्या परी नेपाल फर्केर लगानी र समय बवार्द हुनबाट जोगिन्छ ।

मानसिक स्वास्थ्य जाच नगराई विदेश गएका नेपालीहरु मध्ये २० प्रतिशतलाई मानसिक समस्या देखिनु नौलो कुरा होइन । अझ कहिल्यै घरपरिवार नछाडेको , नौलो बाताबरण , नौलो काम , नौलो खानपिन र नौलो काम गर्नुपर्दा सामान्य रहेका व्यक्तिमा समेत असर देखीन सक्छ । घरपरिवारबाट ऋण धन गरेर जेनतेन विदेश पुगेकाहरु रातदिन घरपरिवार र आफन्त सम्झेर मानसिक समस्या बेहोर्न बाध्य छन् ।

रोजगारी दिने कम्पनीले गराउने स्वास्थ्य परीक्षणमा कसैलाई मानसिक स्वास्थ्य समस्या भएको पायो भने (जस्तै निद्रा नलाग्ने, मन आत्तिने , काम गर्न जागर नलाग्ने आदी) उपचार छाडी सरक्क नेपाल फकाईदिन्छ । अनि जव लाखौ खर्चेर गएका व्यक्ति मानसिक समस्याका कारण भन्दै नेपाल फर्किन बाध्य हुन्छ ,उ आफैलाई कहा जाने र के गर्ने , घरपरिवार र भाईसाथीलाई के जवाफ दिने भन्ने झनै ठूलो पिडामा पर्छ । किनभने अहिले पनि मानसिक समस्यालाई समाजले सकारात्मक दृष्टिले हेर्ने गर्दैन । तर समयमै मनोचिकित्सकसंग भेट भने कतिपय त उपचार विना अर्थात काउन्सीलिङले पनि निको हुन्छ ।

मानसिक स्वास्थ्यलाई कतिपय खाडीराष्ट्रमा पनि थाह भएर पनि उपचार गरिदैन । यदि गरिन्थ्यो भने सामान्य समस्यामा परेका व्यक्तिहरुलाई नेपाल फर्काइदैनथ्यो होला । मनोचिकित्सकले दिने औषधि र काउन्सीलले पनि निको हुने थियो । विदेशमा पिडीतले समस्या भन्न डराउने र चिकित्सकले समस्या नबुझने गर्दा उपचार कठिन जस्तो लागेको हो । मानसिक समस्याले घर फर्किदा एकातिर आर्थिक समस्या हुन्छ ।अर्कातिर आफैलाई पनि म अव सञ्चो नहुने रोगबाट ग्रसित पो भएछु कि ? मलाई समाजले बौलाउने रोग लागेछ भन्छ कि भन्ने भ्रम हुन्छ । मानसिक समस्या भएर आज थुप्रै नेपाली युवाहरु लाखौ खर्चेर रोजगारीका लागि विदेश पुगेर रित्तो हात नेपाल फर्कन बाध्यछन् । 

मानसिक समस्या भनेको मन डराउने, धडकन बढने, आत्तिने, निद्रा नलाग्ने, पेट दुख्ने , टाउको दुख्ने नै हो । त्यस्ता समस्या शारीरिक परीक्षणबाट पत्ता लाग्दैन । वा ल्यावटेष्टमा पनि रिपोर्ट ‘नर्मल’नै आउछ । मनोवैज्ञानिक भाषामा यसलाई ‘एन्जाइटी डिसअर्डर’ भनिन्छ । एन्जायटी डिसअर्डर सामान्य औषधि र काउन्सीलिङबाट पनि निको हुन्छ । तर थाह नहुदा कम्पनीले जागीरबाट बर्खास्त गर्छ , अनि निरास हुदै नेपाल फर्कनु पर्छ ।

सरकारले जनताको स्वास्थ्य पाउनु मौलिक अधिकार हो भनेको छ । तर मानसिक स्वास्थ्य उपचारको लागि अहिले सम्म ठोस कदम चालिएको छैन । यदि चालिएको हुन्थ्यो भने बीर तथा कान्ति जस्ता केन्द्रीय अस्पतालमा मनोचिकित्सकको दरवन्दी हुन्थ्यो । क्षेत्रीय अस्पताल जिल्ला अस्पतालमा पनि हुन्थ्यो होला । तर बढदै गएको मानसिक स्वास्थ्य समस्या समाधानको लागि जिल्लामा त के केन्द्रका अस्पतालमा समेत मनोचिकित्सकको दरवन्दी छैन । यसले पिडीतहरु सामान्य उपचार वा काउन्सिलिङकै लागि पनि टाडा टाडासम्म पुग्नुपर्ने बाध्यता भएको छ । त्यसैले सरकारले शारीरिक संगै मानसिक रोग परीक्षण गर्ने व्यवस्था स्थानीय तहसम्म पु¥याउनु जरुरी छ ।

त्यसो त विदेश जानका लागि शारीरिक परीक्षण गर्ने स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले सामान्य ध्यान पु¥याएको मात्रै पनि ठूलो सहयोग हुन्छ । शारीरिक परीक्षणका क्रममा व्यक्तिको परिवारमा कसैलाई मानसिक समस्या छ की भनेर सोध्ने, निद्रा नलाग्ने , डरलाग्ने हुने गरेको छ कि भनेर सोध्दा हो भन्यो भने मनोचिकित्सककोमा जाउ भन्दिएमात्रै पनि उसले सहि उपचार पाउछ । तर हामीकहा त्यस्तो भएको पाइदैन । सुनिन्छ,  कतिपय ठाउमा मेडिकल गर्ने भन्ने चिकित्सकको रबड स्टाम्प मात्रै रहने गर्छ ? बाकी सबै सञ्चालकले गर्छ रे । यसले गर्दा व्यक्तिको स्वास्थ्यमा गम्भिर खेलवाड गरेको ठहर्छ । त्यसैले मानसिक स्वास्थ्यपरीक्षणको लागि कम्तीमा अञ्चल जिल्ला अस्पतालमा व्यवस्था गरेमात्रैपनि निकै सहयोगी हुन्छ ।

म संगै आउने विरामी मध्ये अधिकांशको समस्या मन डरायो , निद्रा लागेन काम गर्न जागर लागेन भन्ने नै हुनेगर्छ । यो सामान्य मनोबैज्ञानिक असर हो । देश छाडेर टाढा जादा कसैकसैलाई यस्तो हुने गर्छ । कसैको बंशाणुगत पनि हुनसक्छ । यस्तो समस्या काउन्सलिङ र सामान्य औषधि खाएर पनि समाधान गर्न सकिन्छ । तर त्यस्तो भएकै छैन ।

हामीकहाँ चलन कस्तो भयो भने,  व्लडप्रेुसर /हाइपोटेन्सन रोग लागेको भन्दै जिन्दगीभर औषधि खाँदा शान हुने, मान हुने र जस्तो सुकै काम गर्न पनि हुने तर कुनै मानसिक रोग वा डिप्रेसन, इन्जाइटी भएर केही समय वा केही लामो समय औषधि खायो भने त्यसलाई अर्कै दृष्टिले हेर्ने । बौलाउने रोग लागेछ भन्ने गरिन्छ । रोग त रोग नै हो तर व्लडप्रेसर जसस्तो जिन्दगीभर औषधि खानुपनि पर्दैन । व्लडप्रेसरमा जस्तो ज्यानै जाने जोखिम पनि कम हुन्छ । सामान्य बाताबरणमा भएको परिवर्तनले पनि मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ । यति साधारण मानसिक रोगप्रति जनमानसको नकारात्मक धारण किन ?

खाडी मुलुकमा काम गर्ने कामदार मात्रै होइन , युरोप अष्टेलिया अमेरिका जापान जस्ता विकसित मुलुकमा स्तरीय काम गर्ने नेपालीहरुले पनि नेपाल आएका बेला मानसिक स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधि लैजाने गर्छन । किनकी उनीहरुले यसलाई सामान्य स्वास्थ्य समस्या मानेका छन् । जुन समस्या मेडिकल औषधिले निको हुन्छ । विदेशमा बस्ने मात्रै होइन नेपालमै रहेका उच्चतहका नेता , व्यापारी , नागरिक समाजका प्रतिनिधिका महत्वपूर्ण व्यक्तिले पनि मानसिक समस्याको औषधि खाएकै छन् । उनीहरुले आफनो नियमित काम गरेकै छन् । त्यसैले यो समस्याले हेरिने दृष्टीकोण बदल्नु पर्छ ।

त्यसैगरी मानसिक स्वास्थ्यको उपचारकेन्द्र देखी जिल्ला हुँदै  गाँउ तहसम्म पु¥याउनुपर्छ । वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यपरीक्षणमा शारीरिक संगै मानसिक स्वास्थ्यको परीक्षण गर्ने व्यवस्था हुनै पर्छ ।

मानसिक स्वास्थ्य प्रतिको गलत धारणालाई जनचेतना मार्फत न्युनिकरण गर्दै लैजानै पर्छ । यसो भएको खण्डमा मात्रै नेपालमा बढदो मानसिक समस्या को गति कम हुनसक्थ्यो । संविधानमा उल्लेख भएको मौलिक अधिकार पूर्ण रुपमा प्रत्याभुत हुनसक्थ्यो ।

# प्राडा ओझा मानसिक रोग विशेषज्ञ हुन् । 

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *