राज्यमन्त्री अर्याल भन्छिन्, ‘मुख तथा दन्त स्वास्थ्य मेरो पहिलो प्राथमिकता’


काठमार्डौँ, २९ बैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालले मुख तथा दन्त स्वास्थ्यलाई प्राथमिकता दिइने बताएकी छन् । अहिलेसम्म सरकारले मुख तथा दन्त स्वास्थ्यलाई प्राथमिकतामा पार्न नसकेको स्वीकार्दै अव त्यस्तो नहुने ठोकुवा गरेकी छन् ।

नेपालका ओरल मेडिसिन एण्ड रेडियोलोजीसंग सम्बन्धित विशेषज्ञहरुको २ दिने कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै मुख स्वास्थ्य नीतिको व्यवहारिक कार्यान्वनय हुन नसक्दा अप्ठेरो भएको बताइन ।

उनले पुरानो नीति नियमका कारण अहिले रिजल्ट दिन नसकिएको समेत दावी गरिन । व्यवस्था र संरचनामा फेरबदल भएपनि मानिसको काम गर्ने शैली र तरिका उस्तै भएृको भन्दै सोचेअनुरुप काम नभएको बताइन ।

नयाँ संरचनामा जाँदै गर्दा करीब ७०० नयाँ स्वास्थकर्मी थप्न लागेको भन्दै त्यसबेला मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनशक्ति तयार गरेको बताइन ।

नेपालमै पहिलो पटक भएको यो गोष्ठीमा स्वदेश तथा विदेशका करीब २०० जना प्रतिनिधिहरुको सहभागिता थियो । यस गोष्ठीमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुद्धारा अन्तराष्ट्रिय स्तरमा भईरहेको मुख स्वास्थ्य तथा यसका डायग्नोष्टिक प्रविधिका बारेमा छलफल गरेका थिए ।

आयोजक कमिटिका सदस्य डा अंकित साहका अनुसार पहिलो दिन कोन बेम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी) प्रविधिको बारेमा छलफल तथा प्रस्तुति रहनेछ । आज दोस्रो दिन दाँत सम्वन्धी मेडिकल आकस्मिकतामा डेन्टल लेजरको प्रयोग लगायतका विषयमा प्रस्तुति दिइएको थियो । गोष्ठी आजै समापन हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *