मोदी भ्रमण : मुक्तिनाथ मन्दिर परिसरमा बनाइयो सघन उपचार कक्ष

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ भ्रमणलाई दृष्टिगत गरी मन्दिर परिसरमा स्थापना गरिएको सघन उपचार कक्ष (आईसियू) । तस्बिर : रामबहादुर थापा, रासस, मुस्ताङ

मुस्ताङ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) स्थापना गरिएको छ । भ्रमणका क्रममा जो कोहीलाई आइपर्नसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो ।

आइसियूका लागि चाहिने उपकरणसहित अत्यावश्यक औषधिको प्रबन्ध मिलाइएको जोमसोम अस्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीले बताए ।

आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, अक्सिजनलगायत उपकरण जडान गरिएको छ । “आकस्मिक रुपमा गर्नुपर्ने स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ,”–प्रमुख शाहीले भने ।

जोमसोम अस्पतालले स्वास्थ्यकर्मीसहित आवश्यक उपकरण र औषधिको प्रबन्ध मिलाएको हो । उच्च ठाउँमा पुग्दा कतिपयमा लेक लाग्ने समस्या देखिने हुँदा तत्काल उपचारका लागि आइसियू कक्ष बनाइएको हो ।

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान मुक्तिनाथ आउँदै छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “मोदी भ्रमण : मुक्तिनाथ मन्दिर परिसरमा बनाइयो सघन उपचार कक्ष

  1. भविष्यमा मुक्तिनाथ जाने दर्शनार्थी, पर्यटकको लागि यो सेवाले निरन्तरता पाओस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *