सिंहदरबार परिसरमा सूर्तिजन्य पदार्थ निषेध गर्न भन्दै प्रधानमन्त्री कार्यालयलाई स्वास्थ्यको पत्र

 

काठमाडौँ, २७ बैशाख । स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा सूर्तिजन्य पदार्थको प्रयोगलाई निषेध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

गत २५ बैशाखको सचिवस्तरीय निर्णय भन्दै लेखिएको पत्रमा सिंहदरबार परिसर भित्र सूर्तिजन्य पदार्थको विक्री वितरण तथा प्रयोगलाई पूर्ण रुपमा निषेध गर्न गराउन भनिएको छ ।

सो पत्रमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ३ लाई कोट गरिएको छ । उक्त दफाले राज्य तथा सरकारी निकाय संस्था वा कार्यालय जस्ता सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको प्रयोगलाई पूर्ण रुपमा निषेध गरेको छ ।

तर सिंह दरबारभित्रका कार्यालय तथा चमेनागृहमा कर्मचारी तथा सर्वसाधारणले निर्वाध रुपमा सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् ।

पत्रमा धूमपान तथा सूर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको भन्दै सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिबृद्धिमा सहयोग पुर्याउन आग्रह समेत गरिएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको रुपमा पद्मा अर्यालले जिम्मेबारी सम्हाले लगत्तै स्वास्थ्य मन्त्रालय सूर्ति निषेधित क्षेत्र बनेको छ । हिजो आज स्वास्थ्य मन्त्रालय प्रवेश गर्नेसंग गेटमा रहेका प्रहरीले सूर्तिजन्य पदार्थको चेकजाँच गर्ने गरेका छन् । उनीहरुले मन्त्रालय भित्र प्रवेश गर्दा कुनै पनि सूर्तिजन्य पदार्थ लैजान पाउनेछैनन् ।

प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्रमा स्वास्थ्य मन्त्रालयले लागू गरेको नियम अत्यन्त प्रभावकारी भएको समेत जानकारी गराइएको छ ।
यसअघि हिजो मात्रै मन्त्रालयले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित सन्देशले छोप्नुपर्ने नियम किन कार्यान्वनय नगरेको भन्दै सूर्य टोवाको कम्पनीलाई स्पष्टीकरण सोधेको छ । उसले सो स्पष्टीकरणमा तत्काल कार्यान्वयन नगरे कानून अनुसार कारबाही गर्ने समेत उल्लेख गरेको छ ।

यस्तो छ पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सिंहदरबार परिसरमा सूर्तिजन्य पदार्थ निषेध गर्न भन्दै प्रधानमन्त्री कार्यालयलाई स्वास्थ्यको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *