डोल्पाका दुई वडा पूर्ण खोप घोषणा


डोल्पा, २७ वैशाख । यहाँको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।

नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म लगाउनुपर्ने ११ प्रकारका खोप पूरा गरेका आधारमा पूर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए । पूर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवश्यक भएको स्वास्थ्य चौकी प्रमुख तुलबहादुर श्रेष्ठले बताए।

सरकारको खोप तालिकाअनुसार कुनै पनि गाउँ क्षेत्र भित्रका दुई वर्षसम्मका बालबालिकालाई जन्मदेखि दुई वर्षसम्म ११ वटा खोप पूरा गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित कार्यक्रममा नगर प्रमुख ओमबहादुर बुढाले अहिले पूर्ण खोप घोषणा गरेर मात्रै नहुने र यसलाई निरन्तर रुपमा सर्वसाधारणको घर–घरमा पुगेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरका विभिन्न विद्यालयका अध्ययनरत विद्यार्थीले जनस्वास्थ्य शिक्षासम्बन्धी चेतना फैलाउने नृत्य, सडक नाटक र कविता प्रस्तुत गरेका थिए । साबिकको त्रिपुराकोट गाविसका नौ वडाका नौ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मानितसमेत गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *