‘ओरल मेडिसिन तथा रेडियोलोजी’ सम्वन्धी पहिलो कार्यशाला गोष्ठी शुक्रबारबाट

काठमाडौँ, २७ बैशाख । मुख तथा दन्तरोगका विषयमा केन्द्रीत ओरल मेडिसिन तथा रेडियोलोजी सम्वन्धी दुई दिने कार्याशाला गोष्ठी शुक्रबार (भोली)बाट शुरु हुँदैछ । नेपालमै पहिलो पटक हुन लागेको यस गोष्ठीमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुद्धारा अन्तराष्ट्रिय स्तरमा भईरहेको मुख स्वास्थ्य तथा यसका डायग्नोष्टिक प्रविधिका बारेमा छलफल हुनेछ ।

राजधानीको मल्ल होटल तथा यलो प्यागोडा होटलमा हुने उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी करीब २ सय जनाको सहभागिता हुने बताइएको छ ।

आयोजक कमिटिका सदस्य डा अंकित साहका अनुसार पहिलो दिन कोन बेम कम्प्युटेड टोमोग्राफी ( सीबीसीटी) प्रविधिको बारेमा छलफल तथा प्रस्तुति रहनेछ । दोस्रो दिन दाँत सम्वन्धी मेडिकल आकस्मिकतामा डेन्टल लेजरको प्रयोग लगायतका विषयमा प्रस्तुति रहेछन् ।

आयोजक कमिटि सदस्य डा अंकित साहाका अनुसार दुई दिनको गोष्ठीमा स्वदेशी तथा विदेशका गरी १० जना विषय विज्ञले प्रस्तुति दिनेछन् । कार्यक्रममा ताइवानबाट विशेषज्ञ चिकित्सक हिसिङ मिङ चेनले वेवीनियरबाट आफ्नो प्रस्तुति राख्नेछन् ।

कार्यक्रमको औपचारिक उद्घाटन भने शनिबार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *