बरिष्ठ न्युरोे सर्जन डा. उपेन्द्र देवकोटाको अवस्था यस्तो छ

अस्पतालको बेडमा डा उपेन्द्र देवकोटा, तस्विर : डा सुरेन्द्र केसीको फेसबुकबाट

काठमाडौँ, २३ बैशाख । बेलायतमा साढे पाँच महिना लामो उपचार पछि गत साता नेपाल फर्किएका बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटा अहिले आफैले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छन् ।

बेलायत रहँदासम्म उनको रोग र स्वास्थ्य अवस्थाबारे विभिन्न अडकल काटिएको थियो । तर नेपाल आएपछि उनी आफैले आफूलाई असाध्य रोग लागेको भन्दै अवस्था गम्भीर भएको समेत खुलासा गरेका छन् ।

न्युरो सर्जरीमा एसियाकै अव्वल मध्ये गनिने डा देवकोटा असाध्य रोगबाट गम्भीर अवस्थामा पुगेपछि उनलाई भेटन र स्वास्थ्य लाभको कामना गर्न राष्टपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई , गृहमन्त्री रामवहादुर थापा बादल लगायत अन्य राजनीति दल नागरिक समाज सर्वसाधारण तथा आफन्तहरुको भिड लागेको छ ।

उनीहरु सबैले डा देवकोटाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *