दाङ : ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण

दाङ, २३ वैशाख । यहाँका ३०० भन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–११ ले शनिबार आयोजना गरेको शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएकामा अधिकांशमा मोतिविन्दुको समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए।

सो शिविरमा मोतिविन्दु भएकामध्ये ७० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको यादवले बताए । उनीहरुको आँखामा लागेको मोतिविन्दुको शल्यक्रिया राप्ती आँखा अस्पतालले गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष चित्रबहादुर वलीले बताए। शिविरमा आएकामध्ये ७० प्रतिशतभन्दा बढी महिला रहेका थिए ।

ज्येष्ठ नागरिकका लागि छुट्याइएको लक्षित वर्ग तर्फको रु ५० हजारको बजेटबाट वडा कार्यालयको आयोजनामा शिविर गरिएको हो । आर्थिक अभावका कारण घरमा नै दृष्टि बन्द भएर बस्नुपर्ने समस्यालाई दृष्टिगत गरी आँखा शिविर आयोजना गरिएको बताइएको छ । घरआँगनमै निःशुल्क आँखा सेवा पाएपछि आफूहरु खुशी भएको ज्येष्ठ नागरिक तिलक बस्नेतले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *