नेपाल स्वयंसेवी रक्तदाता समाजमा नयाँ कार्य समिति, अध्यक्षमा पुन: कर्माचार्य

काठमाडौँ, १९ बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाजको नयाँ कार्यसमिति गठन भएको छ । गत आइतबार राजधानीमा सम्पन्न समाजको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो । कर्माचार्य यसअघि पनि अध्यक्ष थिए ।

आगामी पाँच बर्षका लागि गठन भएको तेह्र सदस्यीय उक्त कार्यसमितिको उपाध्यक्षमा ध्रुव थपलिया, महासचिव राधाकृष्ण तण्डुकार , सचिव राजन महर्जन, कोषाध्यक्ष मीना श्रेष्ठ रहेका छन् । सदस्यहरूमा क्रमशः कृष्ण चौहान क्षेत्री रूपन्देही , टंक परियार सल्यान , श्याम गौतम दोलखा , शिव कुमार साह धनुषा , गुञ्जन कुमार गुप्ता कपिलवस्तु , तिर्थराज अवस्थी कास्की , रश्मि रोका मगर म्याग्दी र भिम विक कैलाली रहेका छन् ।

सम्मेलनको उदघाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । रक्तदाता पलिभसा जआचाजुलाई रक्त संकलन थैली प्रदान गरी कार्यक्रमको उदघाटन गरिएको थियो ।

उक्त समारोहमा उक्त कार्यक्रममा डा भगवान कोईराला, डा युवराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, नेपाल थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतो बिशेष अतिथि अतिथिका रुपमा उपस्थित थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *