बुद्ध जयन्तीको अवसरमा स्याङ्जाको चापाकोटमा नि:शुल्क मुख स्वास्थ्य शिविर

काठमाडौँ, १७ बैशाख । बुद्ध जयन्तीको अवसर पारी स्याङ्जाको चापाकोटमा निशुल्क मुख तथा दन्त शिविरको आयोजना गरिएको छ । बुद्ध सामुदायिक अंग्रेजी स्कुल चापाकोटको आयोजना तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल काठमाडौँ र कान्तिपुर डेन्टल अस्पताल पोखरा शाखाको प्राविधिक सहयोगमा निशुल्क शिविर आयोजना गरिएको हो ।

शिविरमा १७५ जनाले मुख तथा दन्त परीक्षण गराएका थिए । कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार परीक्षण गरिएका मध्ये अधिकांंशमा दाँत किराले खाने, गिजा सुन्निने लगायतका समस्याहरु देखिएको थियो । उनले शिविरमा आएका करीब ६० जनाको दाँत समेत निकालिएको बताए ।

शिविरका लागि डा श्रेष्ठको नेतृत्वमा डा परिधि शर्मा, डा नितिका रन्जित, डा प्रतिमा पौडेल, डा अर्पणा पाठक,डा संगिता दाहाल र डेन्टल हाइजेनिस्टहरु प्रतिमा ढकाल र सोनम सुनार खटिएका थिए ।

डा श्रेष्ठले शिविरमा आएकाहरुलाई मुख स्वास्थ्यको महत्व, ब्रस गर्ने तरिका बारेमा प्रशिक्षण समेत गराइएको जानकारी दिए ।
केडीसीले यस्ता शिविरहरु देशका विभिन्न जिल्ला तथा स्थानहरुमा नियमित रुपमा राख्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *