स्वास्थ्यले १४ वटा ऐन परिमार्जन गर्दै, ४ वटा नयाँ बनाउँदै

काठमाडौँ, ११ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल कार्यान्वनयमा रहेका १४ वटा ऐनहरु संघीय संरचना अनुसार परिमार्जन तथा संसोधन गर्ने तयारीमा रहेको बताएको छ । उसले अरु चारवटा विषयका नयाँ ऐनहरु बनाउनुपर्ने जानकारी दिएको छ ।

संसोधन गर्नुपर्ने तथा नयाँ निर्माण गर्नुपर्ने ऐनबारे कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएको विवरण अनुसार राष्ट्रिय स्वास्थ्य ऐन २०७४, नेपाल स्वास्थ्य संस्था गुणस्तर व्यवस्थापन प्राधिकरण ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्न बनेको छाता ऐन, प्रजनन स्वास्थ्य विधेयक नयाँ बनाउनु पर्ने ऐनको सूचीमा राखेको छ ।

यस्तै मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐन २०६६, नेपाल औषधि ऐन २०२०, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९, वीपी कोइराला मेमोरियल क्यान्सर अस्प्ताल ऐन २०५३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६४ संसोधन तथा परिमार्जन गर्नुपर्ने ऐनहरुको सूचीमा राखेको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६८, नेपाल नर्सिङ परिषद् ऐन २०५२, नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ र नियमावली २०५५, आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५, स्वास्थ्य बीमा ऐन २०७३, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०७४, संक्रामक रोग ऐन २०२० र आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु ( विक्री वितरण नियन्त्रण) ऐन, २०४९ पनि तत्काल संसोधन गर्ने सूचीमा राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *