विद्युतीय हाजिरीले पनि रोक्न सकेन सरकारी अस्पतालका चिकित्सकलाई ?

काठमाडौँ, १० बैशाख । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आन्तरिक नियन्त्रण प्रणालीलाई सुधार गर्न भन्दै २०७२ साल साउन देखि विद्युतीय हाजिरीको व्यवस्था सुरु गरेको थियो । तर चिकित्सक तथा कर्मचारी बर्गमा त्यसको खासै ठूलो प्रभाव देखिएको छैन ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले विद्युतीय हाजिरीको व्यवस्था गरेपनि कान्ति बाल अस्पतालका कतिपय चिकित्सकलाई तोकिएको समयभर रोक्न नसकिएको संकेत गरेको छ ।

लेखापरीक्षणको क्रममा महालेखाले गत असार महिनामा ८० जना चिकित्सकको विद्युतीय हाजिरी विवरण विश्लेषण गरेको थियो । सो क्रममा ११ जना चिकित्सकले अस्पताल आएको समय जनाएको तर गएको समय उल्लेख गरेका थिएनन् । ३१ जना चिकित्सकले महिनामा १५ दिन भन्दा कम दिन मात्रै गएको सयम उल्लेख गरेको पाइएको थियो ।

एक महिनाको हाजिरी विवरण विश्लेषण गर्दा यस्तो देखेको महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ,’ सरकारी चिकित्सकहरु तोकिएको समय अस्पतालमा रहेरै सेवा दिन्छन् भन्नेमा विस्तस्त हुने अवस्था देखिएन ।’

यस्तो समस्या कान्तिको मात्रै होइन अरु धेरै सरकारी अस्पताल र त्यसमा कार्यरत कतिपय चिकित्सकरुमा देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *